८ महिना मै नेपाल लाइफबाट बाहिरिए सीईओ सन्तोष प्रसाई, यस्तो छ राजिनामाको कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2021 | 10:30:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एनएलआइसी को प्रमुख कार्यकारी अधिकृतबाट सन्तोष प्रसाई बाहिरिएका छन्। राजिनामा स्वीकृत भएसंगै प्रसाई नेपाल लाइफबाट बाहिरिएका हुन्। 

स्रोतकाअनुसार हिजो आइतबार बसेको संचालक समितिले प्रसाईले दिएको राजिनामा स्वीकृत गरेको हो। व्यक्तिगत कारण देखाउदै प्रसाईले सीईओ पदबाट राजिनामा दिएका हुन्। 

सीईओको जिम्मेवारी पाएको आठ महिनामा नै प्रसाई नेपाल लाइफबाट बाहिरिएका हुन्। उनी चार बर्षका लागि सीईओंका लागि नियुक्त भएका थिए। 

संचालक समिति र उच्च व्यवस्थापनमा आएका केहि नयाँ कर्मचारीहरुसँग मत नमिलेकाले प्रसाईले राजिनामा दिएको स्रोतले जनाएको छ। प्रसाईको नेतृत्वमा नेपाल लाइफले राम्रो गर्न नसकेपछि नेपाल लाइफको उच्च व्यवस्थापनमा र संचालक समितिमा नयाँ अनुहार आएका छन्। 

'नयाँ अनुहार' हरुसँग फरक मत भएकै कारण प्रसाईको नेतृत्त्वमा काम गरेका केहि कर्मचारीले यस अगाडी नै राजिनामा दिएर मार्ग प्रशस्त गरिसकेका थिए भने पछिल्ला केहि महिनादेखि नै नेपाल लाइफको सीईओमा प्रसाईको विकल्प खोजिएको थियो।    

बीमा समितिबाट नेपाल लाइफ आएका प्रसाई नेपाल लाइफमा एक बर्ष डेपुटी कार्यकारी अधिकृत भएका थिए भने त्यसपछि उनलाई कामुको सीईओ को जिम्मेवारी दिईएको थियो । र ८ महिना अगाडी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको थियो। 

प्रसाईको राजिनामा स्वीकृत भएपछि नेपाल लाइफका डेपुटी सीईओ सुशील कुमार चौधरीलाई कायम मुकाम सीईओको जिम्मेवारी दिईएको बताईएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved