सुरूङ्गा, बनेपा र म्याग्दीमा 'युवासँग महालक्ष्मी लाईफ' कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2021 | 01:25:47 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्सले  झापाको सुरूङ्गा, काभ्रेको बनेपा र म्याग्दीमा बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको "युवासँग महालक्ष्मी लाईफ" कार्यक्रम गरेको छ।

कम्पनीका अनुसार कन्काई क्याम्पस सुरुङ्गामा ९० जना स्नातक तहका बिद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख बिकास ऊप्रेतिले र स्वागत मन्तब्य जागरण अभियानका केन्द्रिय सदस्य अम्बर बहादुर चौहानले गरेका थिए। उक्त कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बरिष्ठ सहायक महाप्रवन्धक प्रशान्त राज धमलाले प्रदान गरेका थिए । उप क्षेत्रिय प्रमुख  गुन्जन थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा बीमाको महत्व बारे क्याम्पस प्रमुख श्री बिकास ऊप्रेति र मन्तब्य प्राध्यापक टिकाराम घिमिरेले दिएको कम्पनीले जनाएको छ ।

त्यसै गरी पिपुल्स बहुमुखी क्याम्पस, बनेपामा नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अर्को कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षणरामेश्वर श्रेष्ठले र मन्तव्य प्रमुख अतिथि प्रशासन प्रमुख पुष्पराज कोइरालाले दिएका थिए। उक्त कार्यक्रममा स्वागत मन्तब्य बीमा जागरण अभियानका केन्द्रिय सदस्य बिनु कर्माचार्यले गरेकी थिईन् भने भने कार्यक्रम सञ्चालन बनेपा कार्यालय प्रमुख रिकेश कायस्थले गरेको कम्पनीले जनाएको छ।

सोही दिन कम्पनीले भिम मा.वि., म्याग्दी पालिका-५ देविस्थानमा विद्यार्थी, शिक्षक र समुदायका युवाहरुसहित ६० जनाको उपस्थितिमा अर्को कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमको अध्यक्षता बिद्यालयका प्रधानाध्यापक डम्बर बहादुर घर्ति मगरले गरेको र प्रमुख अतिथि कम्पनीका क्षेत्रिय प्रमुख जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण प्रदान गगरेको कम्पनीले जनाएको छ। उक्त कार्यक्रममा स्वागत मन्तब्य बीमा जागरण अभियानका जिल्ला सदस्य तथा स्थानीय जनप्रतिनिधि  राजमति पुनले, समिक्षा मन्तव्य शिक्षक  दिनेश ढकालले गरेका थिए।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved