पर्यटन बोर्डका कर्मचारीको सम्पत्ति र दुर्घटना बीमा आइएमई जनरल इन्स्योरेन्समा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2021 | 05:36:38 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स IME General Insurance  र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत डा. धनन्जय रेग्मीले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामुहिक दुर्घटना बीमा लगायत सम्पत्ती तथा सवारीसाधनहरु सहित आवश्यक सम्पूर्ण निर्जीवन बीमा आइएमई जनरल इन्स्योरेन्सले प्रदान गर्नेछ । 

पर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत डा. रेग्मीले पर्यटन बोर्डले आइएमई जनरल इन्स्योरेन्ससँग आफ्नो कार्यालयसँग सम्बन्धित सम्पूर्ण निर्जीवन बीमा गर्ने गरी सम्झौता गर्न पाएकोमा आफूलाई खुशी लागेको बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नेपाल सरकार र प्राईभेट सेक्टरको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनका लागि कार्य गर्ने नेपालको एक मात्र संस्था नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर सम्पूर्ण निर्जीवन बीमा सेवा प्रदान गर्न पाउँदा खुशी लागेको र यसको लागि प्रमुख कार्यकारी अधिकृत लगायत पर्यटन बोर्डका सम्पूर्ण टिमलाई धन्यवाद दिए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved