काठमाडौँमा ९ रोपनी जग्गा खरीद गर्ने नेपाल लाइफको तयारी, प्रस्ताव आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2021 | 06:21:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौँमा १ देखि ९ रोपनी जग्गा खरीद गर्ने भएको छ । कम्पनीले जग्गा खरीदको लागि गोप्य शिलबन्दी पेश गर्नको लागि आज सोमबार सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

कम्पनीले काठमाडौँको लाजिम्पाट, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी , थापाथली, नयाँ बानेश्वर , पुरानो बानेश्वर, दरबारमार्ग, नक्साल, पाटन, गहनापोखरी, टंगाल , महाराजगंज, भाटभटेनी क्षेत्रमा घर जग्गा खरीद गर्नको लागि इच्छुक घरधनीसँग गोप्य शिलबन्दी प्रस्ताव माग गरेको हो । कम्पनीले सूचना प्रकाशन भएको १५ दिन भित्र प्रस्ताव पेश गर्न भनेको छ । घर जग्गा ८ मिटर बाटोसँग जोडिएको हुनु पर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले शिलबन्दी बोलपत्र पेश गर्दा निम्न अनुसार हुनु पर्ने जनाएको छ ।

१. बिक्री गरिने घर-जग्गाको प्रति रोपनी मूल्य स्पष्ट खुल्ने गरी अंक र अक्षरमा उल्लेख गर्नुपर्नेछ, सो सम्बन्धमा कुनै विवाद उठेमा अक्षरमा लेखिएको मुल्यलाई कायम गरिनेछ ।

२. उक्त जग्गाको कित्ता नं. स्पष्ट देखिने ब्लुप्रिन्ट नक्सा अनिवार्य रूपमा समावेश भएको हुनुपर्नेछ ।

३. जग्गाको स्थान बारे स्थान खुल्ने नक्सा (Location Map) र सो नक्सामा जग्गाको सिमाना चिन्ह लगाई नक्सा पेश गर्नुपर्नेछ ।

४. उक्त जग्गामा घर निर्माण भएको भए घरको नक्सा तथा घर निर्माण सम्पन्न प्रमाण-पत्र पेस गर्नु पर्ने छ।

५. प्रस्तावित जग्गाको प्रमाणितरूपमा जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि. जग्गाधनीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, चालु आ.व.को तिरो तिरेको रसिदको प्रतिलिपि संलग्न हुनुपर्नेछ ।

६. संस्थागत जग्गाको हकमा जग्गाधनी दर्ता प्रमाणपत्रको प्रतिलिपि र अख्तियारी प्राप्त व्यक्तिको पहिचान तथा अख्तियारीनामा कागजात समेत पेश गर्नुपर्नेछ ।

७. प्रस्ताव पेश गर्दा खाममा नेपाल लाइफका लागि जग्गा बिक्री प्रस्ताव उल्लेख गरी म्याद भित्र कम्पनीको कार्यालयको ठेगानामा दर्ता गराउनु पर्नेछ ।

८. उल्लेखित जग्गाको सम्बन्धमा कुनै प्रकारको विवाद, मुद्धा मामिला नरहेको हुनुपर्नेछ र सो को स्वःघोषणा पेश गर्नुपर्नेछ ।

९. उल्लेखित घर-जग्गाका कुनै पनि प्रकारले बैंक तथा वित्तीय संस्था वा अन्य निकायमा धितो जमानतको रूपमा रही रोक्का रहेको भए सो को सम्पूर्ण विवरण समेत पेश गर्नुपर्नेछ ।

१०. प्रस्तावित घर-जग्गा खरिदको प्रक्रिया अगाडि बढाउने/नबढाउने खरिद गर्ने/नगर्ने सम्पूर्ण अधिकार कम्पनीमा निहित रहनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved