आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवनको शिलान्यास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2021 | 03:07:59 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्स IME General Insurance  ले केन्द्रीय कार्यालय भवन बनाउने भएको छ । आज काठमाडौँ महानगरपालिका पानीपोखरीस्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेको हो । 

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले भवनको शिलान्यास गरेका हुन् । उक्त शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायतको उपस्थिती थियो । 

शिलान्यास गर्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट भवनको जगमा शिला राखेर शुभ साहितमा भवनको शिलान्यास गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved