नेशनल लाइफको ‘जीवन श्री सावधिक अमृत बीमालेख’, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2021 | 06:15:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाईफ इन्स्योरेन्सले बीमितको आयस्रोत, वचत र सुरक्षालाई ध्यानमा राख्दै जीवन श्री सावधिक अमृत बीमालेख नामक नँया बीमा योजना ल्याएको छ । 

कम्पनीको पोखरामा भएको चेयरपर्सन क्लबको कार्यक्रममा कम्पनीका अध्यक्ष प्रेमा सिंहले सो बीमालेखको शुभारम्भ गरेकी हुन् ।

बीमाको अवधि समाप्तिपछि ८० वर्ष उमेरसम्म बीमाङ्कको ९ प्रतिशतका दरले प्रत्येक वर्ष आयस्रोतको रुपमा उपलब्ध हुने यस बीमालेखवाट बीमितलाई ८० वर्ष उमेरपछि प्राप्त गर्ने बीमाङ्क रकम र आर्जित वोनसले आफु र आफुप्रति आश्रीत ब्यक्तिलाई समेत आर्थिक सहयोग पुग्ने छ । 

यसरी यस बीमालेखकाट बीमितको अतिरिक्त आयस्रोत सुनिश्चित हुन्छ भने संगसंगै वचत र सुरक्षा पनि उपलब्ध हुने कम्पनीको दाबी छ । 

आफ्नो आयस्रोत अनुसार ५० हजारदेखि माथिसम्मको बीमा गर्न सकिने यस योजनामा सहभागी बीमितको जुनसुकै बेला मृत्यु भएपनि परिवारजनलाई एक मुष्ठ बीमाङ्क र वोनस प्राप्त हुनेछ ।

यस बीमालेखमा ऋण सुविधा समेत रहेकोले बीमितको तरलताको ब्यवस्थापनमा योगदान पुग्ने छ । मुनाफामा सहभागि हुने यस बीमालेखवाट बीमितलाई प्रतिफल समेत प्राप्त हुनेछ ।

जोखिम वहन पनि हुने र वचत पनि हुने यस बीमा योजनाबाट अवकास जीवनलाई सुरक्षित र ब्यवस्थित बनाउन सहयोग पुग्ने दाबी कम्पनीले गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved