नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसनको अध्यक्षमा मोहन पुरुष ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2021 | 04:57:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा)को अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित भएका छन् । एसोसिएसनको १३ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनले २ वर्षका लागि ढकालको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा पवित्र विक्रम राणा, सचिवमा बुद्धकाजी श्रेष्ठ, कोषाध्यक्षमा दिलमान चन्द चयन भएका छन् । सहस्यहरुमा शिशिर गैरे, प्रवेश पौडेल, अमर चन्द्र निराला र दिपक रानाभाट चुनिएका छन् ।

एसोसिएसनको संस्थापक महासचिव हुँदै ढकालले धेरै पटकको कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् । नवनिर्वाचित अध्यक्ष ढकालले आफ्नो नेतृत्वमा सर्भेयरहरुको साझा संस्था निसालाई नयाँ आयामबाट माथि उठाउन प्रतिवद्ध भएर लाग्ने बताउँदै समग्र बीमा व्यवसायका सरोकारवाला सबै निकायबाट सहकार्य र सहयोगको अपेक्षा गरेका छन् ।

बीमाको कार्यप्रक्रिया बीमितको दाबीबाट शुरु हुने तथा बीमाको कार्यप्रक्रियाका लागि कागजात र सवुद प्रमाण आवश्यक हुन्छ भन्ने जानकारीको अभाव बीमितमा अहिले पनि रहेको भन्दै उनले भने, ‘सर्भेयरले कागजात र सवुद प्रमाण माग गर्नुलाई क्षतिपूर्ति नदिनलाई गरेको प्रपञचको रुपमा प्रायः बीमितहरुले लिने गर्छन । छिटो छरितो दाबी फरफारक गरी जनमानसमा बीमा क्षेत्रप्रति आस्था जगाउनका लागि बीमितमा बीमा सचेतना बढाउनैपर्छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved