मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2021 | 05:28:03 PM मा प्रकाशित

laxmi  sunrise bank

मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्सले अग्रता लिएको छ । नेपाल लाइफले मंसिर महिनामा सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।

कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात मंसिर अन्त्यसम्मको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ । आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथ काम गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले सुरु गरेको “नेपालकै नं १” अभियानले पनि बजारमा सकारात्मक प्रभाव पारेको छ । जीवन बीमाको विश्वसनीयता तथा जीवन बीमामा आकर्षण बढाउने उद्देश्यका साथ कम्पनीले पुष ६ गते देखि “नेपालकै नं. १” अभियान सार्वजनिक गरेको थियो । कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले अभियानमार्फत कम्पनीलाई यस उचाईँसम्म पु¥याउन सकिएको जानकारी दिए ।

आ.व. २०७८÷७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved