बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन, यस्तो छ नयाँ कार्यसमिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2022 | 04:46:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बीमक संघको अध्यक्षमा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री निर्विरोध चयन भएका छन्। संघको शुक्रबार सम्पन्न साधारणसभाले यस अघि कार्यसमितिका महासचिव रहेका क्षेत्रीलाई सर्बसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

संघको उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रबहादुर बैदवार चयन भएका छन् भने  महासचिवमा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत  अशोक खड्का चयन भएका छन्। आइएमइ जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त बादे श्रेष्ठ कोषाध्यक्ष चयन भएका छन्।

 संघको सदस्यमा प्रभु इन्स्योरेन्सका संचित ब्रजाचार्य, राष्ट्रिय बीमा कम्पनीका कामु सिईओ सुभाष कोइराला, ओरियन्टल इन्स्योरेन्सका बिनोद घाते, जनरल इन्स्योरेन्स कम्पनीका रामचन्द्र श्रेष्ठ र अजोड इन्स्योरेन्सका सिईओ कुमार खत्री चयन भएका छन् ।

यस अघि संघको अध्यक्षमा शिखर इन्स्योरेन्सका सीइओ दीपप्रकाश पाण्डे थिए । उनको कार्यकाल सकिएपछि नयाँ कार्यसमिति चयन भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved