गुराँस लाइफद्वारा अनाथ बालबालिकालाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2022 | 04:08:09 PM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले  अनाथ बालबालिकालाई सहयोग गरेको छ ।  कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ नगरपालिका वडा नं.३, मुहानपोखरीमा अवस्थीत नव युवा बाल सुधार समाजमा रहेको अनाथ बालबालिकाहरुलाई बीच न्यानो कपडा (ज्याकेट) झोला तथा स्टेश्नरी सहयोग गरेको हो  । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले समाजका अध्यक्ष शिव शंकर नेपाली मार्फत बालबालिकालाई हस्तान्तरण गरेका हुन् । १९ वर्ष देखि संचालनमा रहेको नव यूवा बाल सुधार समाजलाई कम्पनीको तर्फबाट सानो सहयोग गर्न पाएकोमा आफूलाई खुशी लागेको एवं कम्पनीको यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने जानकारी कम्पनीको प्रमुख कार्यकारी अधिकृतले बताएका छन्  । 

 सहयोगको लागि समाजको तर्फबाट धन्यवाद ब्यक्त गर्दै उनले समाज र राष्ट्रका कर्णधार बालबालिकालाई गरेको यस सहयोग सधैँ सम्झिरहने बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved