एलआईसी नेपालले ल्यायो बाल समृद्दि बीमा योजना, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2022 | 06:52:29 PM मा प्रकाशित

laxmi  sunrise bank

 लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले बाल समृद्दि नामक बीमा योजनाको शुभारम्भ गरेको छ ।  यो योजनामा १६ वर्ष उमेर पुरा नहुँदासम्म बुझाएको बीमा शुल्कले २० वर्ष उमेर हुँदासम्म जोखिम बहन हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अधिकतम ११ वर्ष सम्म उमेर पुगेका बालबालिका यस योजानाको लागि बीमा योग्य हुन्छन् र बालबालिका १६ वर्ष पुगे पछि कुनै बीमा शुल्क बझाउनु पर्दैन  । बालबालिकाको १६, १७,१८,१९ र २० औं जन्मदिन पछिको बीमा वर्ष दिवसमा बीमाङ्कको २० % को दरले अग्रिम रुपमा र अन्तिम वर्षमा आर्जित बोनश सहित रकम भुक्तानी हुने यस योजनाको विशेषता छ । 

त्यसै गरी कथमकदाचित प्रस्तावकको अस्वभाविक तवरले जीउ-ज्यान गएमा प्रत्येक बीमालेख महिना दिवसमा बीमाङ्कको १ % रकम मासिक आम्दानीको रुपमा भुक्तानी गर्दै  बाँकी सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालू अवस्थामा रहने कम्पनीले जनाएको छ । 

मुख्य विशेषताहरुः

१६ वर्ष हुँदासम्म बुझाएको बीमा शुल्कले २० वर्ष हुँदासम्म जोखिम बहन हुने  एक मात्र योजना 

प्रत्येक बीमालेख महिना दिवसमा बीमाङ्कको १ % रकम मासिक आम्दानी लाभको रुपमा भुक्तानी गरिने 

(यदि प्रस्तावकको मृत्यु भएमा) 

बालबालिकाको १६, १७,१८,१९ र २० औं जन्मदिन पछिको बीमा वर्ष दिवसमा बीमाङ्कको २० % को दरले र अन्तिम २० औं वर्षमा आर्जित बोनश सहित रकम भुक्तानी गर्ने धन फिर्ता योजना 

कुनै कारणले प्रस्तावकको मृत्यु भएमा सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालू अवस्थामा रहने  

अन्य अवस्थाहरूः-

न्यूनतम बीमाङ्कः रु. ५०,०००/- 

अधिकतम बीमाङ्कः कम्पनीको जोखिमांकन नियमानुसार 

न्यूनतम उमेर प्रवेशमाः ० वर्ष 

अधिकतम उमेर प्रवेशः ११ वर्ष 

बीमाशुल्क भुक्तानी अवधिः १६ वर्ष उमेर 

बीमाशुल्क भुक्तानी तरिकाः एकल बीमाशुल्क भुक्तानी वा वर्षिक , अर्धवार्षिक, त्रैमासिक तथा मासिक

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved