अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2022 | 05:26:54 PM मा प्रकाशित

laxmi  sunrise bank

अजोड इन्स्योरेन्सले पर्वतको जलजला गाउँपालिकामा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ । 

कम्पनीले पौष २८ र २९ गते गाउँपालिकाको वडा नम्बर ७, धाइरिङमा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको हो । वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख बिक्रम ढुंगानाले गरेका थिए ।

कार्यक्रममा अजोड इन्स्योरेन्सका कृषि विभाग प्रमुख दिपक पोखरेलले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए । 

कार्यक्रममा धाइरिङका कृषकहरु, अजोड इन्स्योरेन्सका बजार विभागका नायब प्रवन्धक यादव प्रसाद पाठकका साथै पशु सेवा शाखाका प्रविधिक नारायण आचार्यको उपस्थिति रहेको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved