एशियन लाईफ इन्स्योरेन्सद्वारा बाल भविष्य प्लस सावधिक जीवन बीमा योजना सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2022 | 03:41:06 PM मा प्रकाशित

laxmi  sunrise bank

एशियन लाईफ इन्स्योरेन्सले बाल भविष्य प्लस (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, अन्य संचालक समिति सदस्यहरु कम्पनीका उच्च ब्यबस्थापाकहरुले संयुक्त रुपमा योजना सार्वजनिक गरेका हुन् ।

बीमा समितिले जारी गरेको जीवन बीमालेख निर्देशिका २०७८ अन्तर्गतको प्रावधानलाई समेट्दै  नयाँ जीवन बीमा योजना ल्याईएको कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार यस जीवन बीमा योजनामा बच्चा जन्मेदेखि १७ वर्ष उमेर सम्मको बालबालबालिको ५ देखि २५ वर्ष अवधिसम्मको लागी बीमा गर्न सकिन्छ । यसको न्यूनत्तम बीमाङ्क रु.५० हजारदेखि अधिकतम बीमाङ्क प्रस्तावकको आर्थिक अवस्थाको आधारमा निर्धारण गर्न सकिने सुविधा रहेको छ ।

बीमा अवधिभर बीमित जीवतै रहेमा बीमा अवधिको समाप्तीमा बीमाङ्क र बोनश रकम एकमुष्ठ भुक्तानी गरिनेछ । जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमकले प्राप्त गरेको अतिरिक्त बीमाशुल्क बाहेक सम्पूर्ण बीमाशुल्क फिर्ता दिईनेछ । त्यसैगरी जोखिम प्रारम्भ हुनु अगावै प्रस्तावकको मृत्यु भएमा र बीमितको कानूनी संरक्षकले बीमालेख रद्द गर्न लिखित अनुरोध गरेमा बीमकले प्राप्त गरेको सम्पूर्ण बीमाशुल्क फिर्ता दिने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार जोखिम प्रारम्भ भएपछि बीमा अवधीभित्र बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्कको २५ (पच्चीस) प्रतिशत रकम तत्काल भुक्तानी गरिनेछ । बीमाङ्कको ७५(पचहत्तर) प्रतिशत रकम व्याज सहित र मृत्यु हुँदा सम्मको आर्जित बोनश एकमुष्ठ रकम बीमा अवधि समाप्ती भएपछि भुक्तानी दिइनेछ । 

यस बीमा योजनामा अतिरिक्त बीमाशुल्कवापत बीमाशुल्क छुट सुविधा मासिक आय सुविधा र अग्रिम जोखिम बहन सुविधा समेत रोज्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अग्रिम जोखिम बहन सुविधा अन्तर्गत ४ वर्ष भन्दा मुनिका बालबालिकाको जोखिम बहन, बीमा प्रारम्भ मितिले न्यूनतम २ वर्ष पश्चात शुरु गर्न सकिन्छ ।


      


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved