ज्योति लाइफको प्रिमियम भुक्तानीमा खल्तीबाट १ हजारसम्म क्यास ब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2022 | 02:59:36 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम ’खल्ती’ बाट तिर्दा प्रयोगकर्ताहरुले १ हजारसम्मको क्यासब्याक पाउने अफर ल्याएको छ ।  

साथै ५००० सम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड प्रयोग गरी रू. १०० को क्यासब्याक पनि प्राप्त गर्नेछन् । 

कोरोनाभाइरस महामारीको समयमा डिजिटल भुक्तानीले अर्थव्यवस्थालाई सहज बनाएको र प्रयोगकर्ताहरुलाई भाइरसको सम्पर्कबाट बच्न मद्दत गरेको भन्दै खल्तीले लाइनमा नबसी सुरक्षित रूपमा भुक्तानी गर्न सहज गर्ने डिजिटल भुक्तानी सेवा प्रोत्साहित गर्न यो अफर ल्याईएको जनाएको छ । 

यस सुविधा बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ। धेरै बीमा ग्राहकहरूले डिजिटल प्लेटफर्म मार्फत आफ्नो प्रिमियम तिर्न रुचाउँछन्। डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको हो ।”

५ हजार माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाईसी  भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ । खल्ती खाता नभएको खण्डमा साइन अप गरि  वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved