सानिमा जनरल इन्स्योरेन्सले चक्रपथ क्षेत्र भित्र १ रोपनी जग्गा खरीद गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2022 | 10:32:40 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा जनरल इन्स्योरेन्सले काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिकाको चक्रपथ क्षेत्र भित्र १ रोपनी जग्गा खरीद गर्ने भएको छ । कम्पनीले प्रधान कार्यालयको भवन निमार्णका लागि काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिकाको चक्रपथ क्षेत्र भित्र मूल सडकमा जोडिएको वा मूल सडकबाट ३० र ४० मिटर भित्र कम्तिमा २० फिटको सहायक मार्गसंग जोडिएको न्यूनतम १ रोपनी जग्गा खरीद गर्न लागेको हो। 

कम्पनीले जग्गा बिक्रि बिक्री गर्न इच्छुक जग्गाधनीले १५ दिन भित्र कम्पनीको प्रधान कार्यालयमा निवेदन पेश गर्न आग्रह गरेको छ। कम्पनीले जग्गाधनी पुर्जाको प्रतिलिपि, जग्गाधनीको नागरिकताको प्रतिलिपि वा फर्म/कम्पनी/संस्था भए दर्ता प्रमाण पत्र, अद्यावधिक कर चुक्ताको प्रमाणपत्र तथा सञ्चालक समितिको निर्णयको प्रतिलिपि, जग्गाको नक्सा र लोकेशन म्याप, जग्गाको प्रति आना मूल्य सहित निवेदन दिन आग्रह गरेको हो ।

प्राप्त प्रस्तावहरु स्वीकृत गर्ने र नगर्ने सम्पूर्ण अधिकार कम्पनीमा निहित हुने कम्पनीले प्रष्ट पारेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved