नेशनल लाइफ ३५औँ वर्षमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2022 | 05:04:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाईफ इन्स्योरेन्स आज ३४ औं वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३५ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । 

कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो । देशभरमा ३४ वटा बृद्ध आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको छ । यसै गरी कर्मचारीहरु माझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ । कोभिड १९ का कारण औपचारिक रुपमा जमघट हुने गरी कुनै पनि कार्यक्रम गरिएन । 

कम्पनीले विगत वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । यहि आर्थिक वर्षको मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा लगिएको छ ।

कम्पनीको जीवन बीमा कोषमा रु.५० अरबको हाराहरीमा रकम जम्मा भएको छ । कम्पनीले चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ । 

कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ मा आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर दिन सफल भएको छ । कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रति हजार ६४ रुपैयाँ देखि अधिकतम् प्रति हजार ८५ रुपैयाँ सम्म दिएको दाबी गरेको छ । कम्पनीले चालु वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रिया समेत अघि बढाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved