सानिमा बैंकद्वारा दिर्घायु बचत खाता अन्तर्गत १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2022 | 05:38:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । 

बैंकका धनगढी शाखाका खातावाला गणेश प्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कमली पन्त ओझालाई सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको हो ।

बीमाको रकम सानिमा बैंकका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्का र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । 

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाख सम्मको ६ जटिल रोगको उपचार बीमा, ५० हजार सम्मको औषधी उपचार बीमा, १० हजार बराबरको ओपिडि सेवा र ५ हजार सम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२३ वटा कार्यालय तथा १०३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved