सिद्धार्थ इन्स्योरेन्सद्वारा २ करोड ६० लाख दावी भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2022 | 04:09:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सोलखुम्वुस्थित खुम्वु पासाङ्ग ल्हामु गाउँपालिकामा रहेको पिस फुल लजमा २०७८ असोज २ गते आगलागीबाट भएको क्षति वापतको वीमा रकम सिद्धार्थ इन्स्योरेन्सले भूक्तानी गरेको छ ।

२ करोड ६० लाखको चेक संस्थाका प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले पिस फुल लजका सञ्चालक कुसाङ शेर्पालाई हस्तान्तरण गरेका हुन् ।

२०७२ सालको भुकम्पबाट भएको क्षति वापत समेत सल्लेरी र नाम्चे क्षेत्रका वीमितहरुलाई कम्पनीले दावी वापत भुक्तानी दिएको थियो ।

चालु आर्थिक वर्ष २०७८/०७९ को हालसम्मे ६ हजार ९७ वटा दावी फर्छयौट गरी कम्पनीले ७३ करोड ६६ लाख ९७ हजार तथा अग्रिम दावी वापत विभिन्न दावी कर्ताहरुलाई  ८ करोड ५० लाख   भुक्तानी गरी जम्मा ८२ करोड १६ लाख ९७ हजार भुक्तानी गरेको छ ।

फर्छयौट गर्न वाँकी दावीको संख्या ३ हजार ८४१ (कोरोना दावी वाहेक) रहेको र सो वापत भुक्तानी गर्नु पर्ने रकमं १ अर्ब ४१ करोड ४३ लाख ६४ हजार रहेको कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved