सूर्या लाइफमा १२ सय तिर्दा १ करोडको बीमा हुने, बीमा बजारमा अहिलेसम्मकै सस्तो योजना!

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2022 | 09:34:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सर्वे भवन्तु सुखिनः भन्ने मुल नारा सहित न्युनतम बीमाशुल्कमा सबैको अधिकतम रक्षावरण होस भन्ने अभिप्रायले ‘सूर्या सुरक्षा कवज’ बीमा योजना ल्याएको छ। 

सुर्य लाइफले आफ्नो प्रधान कार्यलयमा एक कार्यक्रम आयोजना गरि यो योजनाको विधिवत सुरुवात गरेको हो। 

हालको विषम परिस्थितिमा आर्थिक क्षेत्रमा आएको मन्दि तथा कोरोना भाइरसले जनजीवनमा देखिएको त्रस्तताका कारण समेत जीवनको रक्षावरण गर्न अपरिहार्य रहेको सन्दर्भमा यो योजना लोकप्रिय हुने कम्पनीको विश्वास छ।

बीमा गर्दा ठुलो धनराशीको आवश्यकता पर्ने भ्रम जनमानसमा रहेको अवस्थामा यो जीवन बीमा योजनाले बीमालाई हेर्न दृस्टिकोणमा सकरात्मक प्रभाव पर्ने र बीमाको दायरा फराकिलो बनाउनमा सहयोग गर्ने पुर्ण विश्वास कम्पनीले लिएको छ।

१८ वर्षको उमेर समुहले १ करोडको बीमाङ्कमा  वार्षिक १४,५५० वा मासिक १२ सयमा नै  जीवनको रक्षावरण गर्न सकिने कम्पनीले जनाएको छ। 

१८ देखि ६५ वर्षका सबै नागरिक सुरक्षित र जीवनको रक्षावरण होस भन्ने अवधारणलाई आत्मसात गरी  सम्भवत नेपालको बीमा बजारमा सबैभन्दा न्यून बीमाशुल्कमा यो जीवन बीमा प्रचलनमा ल्याईएको कम्पनीको बिश्वास छ।  

सूर्या सूरक्षा कवज न्यूनतम १ लाख देखी आय श्रोतको आधारमा  जति पनि गर्न सकिनेछ । जोखिम बहनका साथै अतिरिक्त क्रिया खर्च सहितको सुविधा भएको यो योजनालाई अन्य योजनाहरुसंग समिश्रण गरी थप जोखिम बहन हुने गरी लिन सकिनेछ। 

१ देखि ३० वर्ष सम्म बीमा अवधि भएको, यो जीवन बीमा योजनामा बीमितको इच्छानुसार  एकल भुक्तानी वा बार्षिक, अर्धबार्षिक, त्रैमासिक तथा मासिक किस्तामा बीमाशुल्क रकम बुझाउन सकिने व्यवस्था गरिएको छ।

जोखिम रक्षावरण गर्ने कार्यलाई सरल र सहज बनाउन यो योजनामा सरिक भई खरिद गर्न चाहने बीमितले कम्पनीको आधिकारिक वेवसाइट वा मोबाइल एपबाट समेत घरैबाट लिन सकिने व्यवस्था गरिएको सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले जानकारी गराए

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved