नेपालमै पहिलोपटक बीमा सम्बन्धी परामर्श दिन ‘इन्स्योरेन्स कन्सल्टेन्सी’ स्थापना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2022 | 01:17:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पहिलो पटक बीमा सम्बन्धी परामर्श दिने उद्देश्यले इन्स्योरेन्स कन्सल्टेन्सी नेपालको स्थापना गरिएको छ । 

बीमितहरुलाई बीमा दावी भुक्तानी सम्बन्धी आवश्यक परामर्श दिन र बीमितहरुमा भएका समस्यालाई निराकरण गर्न बीमा कन्सल्टेन्सी नेपालको स्थापना गरिएको सञ्चालक बिके श्रेष्ठले बताए ।

बीमा क्षेत्रमा एक दशक अनुभव बटुलेका लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका पूर्व डिसिईओ एवं चार्टर्ड कन्सल्टेन्सीका कन्सल्टेन्ट बिके श्रेष्ठ र सोही कन्सल्टेन्सीकी मार्केटिङ म्यानेजर सजनी बडालले बीमामा विश्वास दिलाउन र बीमा सम्बन्धी आवश्यक सबै खाले परामर्श दिन बीमा कन्सल्टेन्सी नेपालको स्थापना गरिएको जानकारी दिए ।

बीमा सम्बन्धी तालिम, नयाँ कम्पनीको दर्ता, अडिटको कामको लागि परामर्श दिने काम पनि कन्सल्टेन्सीले गर्नेछ । 

कन्सल्टेन्सिले बीमितलाई परामर्श र फसिलिटेट, बीमकलाई नयाँ बीमालेख, सफ्टवेयर, दक्ष जनशक्तिका साथै आवश्यकतानुसार परामर्श र बीमा उद्योगमा जागिर खान चाहनेहरूका लागी जागिरको अवसर लगायतका परामर्श दिनेछ । 

हाल कन्सल्टेन्समा अग्नी बीमा र अन्य दाबीमा आएको समस्याको परामर्श भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved