“नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषतै विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2022 | 05:14:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । 

कम्पनीले यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजिवन जीवन बीमा भएको जनाएको छ ।

मानिसको जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनीले सावधिक र आजिवनको विशेषता भएको “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना ल्याएको हो ।

बीमा अवधि समाप्ती पश्चात पनि जोखिम वहन गर्नुको साथै कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेको समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य भुक्तानी लिन सक्नु यो जीवन बीमा योजनाको अर्को विशेषता हो ।

विशेषताहरुः

१८ वर्षदेखि ६५ वर्षसम्म उमेर समुहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्र्षसम्म अवधिको यो बीमा योजना लिन सक्नेछन् । बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम रू. २५,०००र-(पच्चिस हजार) देखि आयश्रोतको आधारमा जति पनि बीमाङ्क रकमको बीमा गर्न सकिने छ ।

बीमा शुल्क भुक्तानी तरिका छनोटको छुट वा थप शुल्क लाग्नेछ । यदि बीमालेख जारी गर्ने समयमा वार्षिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा १ प्रतिशत छुट प्राप्त हुनेछ तर अर्ध वार्षिक छनोट गर्दा छुट प्राप्त हुने छैन । 

त्यसैगरी यदि बीमालेख जारी गर्ने समयमा त्रैमासिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरेको छ भने बीमा शुल्कमा ३ प्रतिशत थप लाग्नेछ भने मासिक छनोट गर्दा ६ प्रतिशत थप लाग्नेछ ।

ऋण तथा समर्पण सुविधा

वार्षिक ३ किस्ता बीमा शुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ ।

समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

बीमालेखको बीमा अवधि समाप्ति पश्चात पनि जोखिम बहन गरी रहने तर बीमितले चाहेमा, पूणर् अवधि भुक्तानी भएको ५ वर्ष पूरा भैसकेपछि जुनसुकै समयमा समर्पण गर्न सकिने छ । यसको साथै बीमितले इच्छाइए अनुसार अग्रीम भुक्तानीको रुपमा उल्लेख भए अनुसार समेत भुक्तानी लिन सक्नेछ । । यसको लागि बीमितले बीमा शुरु गर्दाको समयमा नै कुन तरीकाको सर्भाइभल बेनिफिट लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ ।

बीमालेखको बीमा अवधि समाप्ति पश्चातको समर्पण गणना गर्दा शुरुमा नै उल्लेख गरेको सर्भाइभल बेनिफिट लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने छ तर यस्तो सर्मपण रकममा कर्जा प्राप्त हुने छैन । 

बीमा अवधि समाप्ति पश्चातको समर्पण तथा सर्भाइभल बेनिफिट सुविधा लिनको लागि समाप्ति पश्चातक सम्मको सम्पूणर् किस्ता समयमा नै भुक्तानी गरेको हुनुपर्ने छ ।

ऐच्छिक सुविधाहरु:

१) दुर्घटना मृत्यु लाभ सुविधा 

१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू. १,००,००,०००र-(एक करोड) सम्मको दुर्घटना मृत्यु लाभ सुविधा लिन सकिने छ ।

२) बीमाशुल्क छुट तथा पूणर्अशक्तता लाभ सुविधा 

१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू. १,००,००,०००र-(एक करोड)सम्मको बीमाशुल्क छुट तथा पूणर्अशक्तता लाभ सुविधा लिन सक्ने छ ।

३) घातक रोग सुविधा 

१८ वर्ष देखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू. ५०,००,०००र-(पचास लाख) सम्मको घातक रोग सुविधा लिन सक्ने छ ।

बीमाङ्क रकम भुक्तानी पाउने अवस्था:

पूणर् अवधि भुक्तानी बीमालेख चालु रही बीमा अवधि समाप्ती मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तीको अन्त्यमा बीमाङ्क रकम र आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट भुक्तानी दिइने छ ।

आंशिक अवधि भुक्तानी 

सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि समाप्ति पश्चात बीमित जीवित रहिरहेमा तल उल्लेख गरे अनुसारको प्रतिशतमा बीमितले छनौट गरे बमोजिमको बीमाङ्क रकम पूनः प्रदान गरिने छ । जसको लागि बीमा शुरु गर्दाको समयमा नै बीमा अवधि समाप्ति पश्चात कुन तरिकाको बीमाङ्क लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ ।

क) बीमितको उमेर ७५ वर्ष पुगे पछि बीमाङ्क रकमको ६०% भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने ।

ख) बीमितको उमेर ८० वर्ष पुगे पछि बीमाङ्क रकमको ८०% भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने ।

ग) बीमितको उमेर ८५ वर्ष पुगे पछि बीमाङ्क रकमको १००% भुक्तानी गरिने र बीमालेखको अन्त्य हुने ।

यदि बीमाशुल्क भुक्तानी अवधि समाप्ति पश्चात बीमितले आफूले उल्लेख गरेको आशिंक अवधि भुक्तानी उपभोग गर्नु अगावै बीमितको मृत्यु भएमा पुनः पुरा बीमाङ्क रकम प्रदान गरिने छ ।

मृत्यु दावि भुक्तानी 

बीमालेख चालु रही बीमा अवधि समाप्ती भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट भुक्तानी दिइने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved