गुराँस लाइफ इन्स्योरेन्सको धनगढी कार्यालयले घातक रोग दाबी भुक्तानी गरेको छ ।
गन्यापधुरा गाउँपालिका २, डडेल्धुरा बस्ने बहादुर सिंह कार्की घरको सिढीबाट चिप्लेर लड्दा टाउकोमा गम्भीर चोट लागि उपचाररत रहेकोमा बिमितको टाउकोमा संक्रामक चोट लागेको छ ।
घातक रोग दाबी बापतको रकम १० लाख रुपैयाँ उनकी श्रीमतीलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
उनले गत वर्ष बीमा गरेका थिए ।