यी ५ कारणले बीमा समितिले बढायो कम्पनीहरुको चुक्ता पुँजी, आगामी चैत्रभित्र कायम गरिसक्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2022 | 07:39:06 PM मा प्रकाशित

बीमा कम्पनीहरुले  २०७९ साल चैत्र मसान्तसम्ममा बीमा समितिले तोके बमोजिमको पुँजी वृद्धि गरिसक्नु पर्न  भएको छ । बीमा समितिको आज बसेको संचालक समितिको बैठकले कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरेको हो ।

बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु. ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु. २.५ अर्ब पुर्याएको छ। समितिले चुक्ता पुँजी बढाउने निर्णय गर्नुको पछाडी निम्न ५ कारण उल्लेख गरेको छ । 

१ . बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढ़ाई सोअनुरुप कम्पनीहरुको जोखिम बहन क्षमता बढाउन,

२. कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकुल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पूजिगत आधार बलियो बनाउन,

३. ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहूँच विस्तार गर्न,

४. ठूलो पूँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र

५. जोखिममा आधारित पूंजीसंग सामञ्जस्यता हुनेगरी चुक्ता पूँजी कायम गर्न पूजी बृद्धिको निर्णय गरिएको समितिले उल्लेख गरेको छ ।

उपरोक्तानुसारको चुक्ता पूँजी २०७९ साल चैत्र मसान्तसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पूंजी उपरोक्त समयावधिभित्र पुयाउन नसक्ने कम्पनीहरुले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ बमोजिम हुनेगरी पूंजी कायम गर्नुपर्नेछ ।

यसैगरी, विदेशी बीमकको रुपमा दर्ता भई संचालनमा रहेको बीमकले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ वमोजिमको तोकिएको न्यूनतम चुक्ता पूँजी बरावरको निर्धारित पूजी (Assigned Capital) कायम गर्ने र संयुक्त लगानीमा संचालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पूँजी कायम गर्नु पर्ने छ।

कम्पनीहरुले तीस दिनभित्र आफ्नो पूंजी योजना (Capital Plan) सम्बन्धित बोर्डवाट निर्णय गराई समिति समक्ष पेश गर्नुपर्ने व्यवस्था समितिले गरेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved