तोकिएको चुक्तापुंजी पुर्याउन कुन बीमा कम्पनीलाई कति रकम अभाव ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2022 | 11:05:23 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा कम्पनीहरुको नियामक निकाय वीमा समितिले बीमा कम्पनीहरुलाई चुक्तापुंजी बढाउँन निर्देशन दिएको छ। चैत १० गते बसेको वीमा समितिको संचालक समितिको बैठकले जीवन तथा निर्जीवन वीमा कम्पनीहरुलाई चुक्तापुंजी बढाउँन निर्देशन दिएको हो। 

जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब चुक्तापुंजी तोकिएको छ भने निर्जीवन बीमा कम्पनीहरुलाई साढे २ अर्ब चुक्तापुंजी तोकिएको छ। तोकिएको चुक्तापुंजी २०७९ चैत मसान्तसम्म पुर्याउनुपर्ने छ भने यसका लागि बीमा कम्पनीले चैत १० गतेदेखि लागू हुनेगरि यसको ३० दिन भित्र चुक्तापुंजी वृद्धि योजना बीमा समितिलाई बुझाउनुपर्ने हुन्छ। 

लामो समयदेखि वीमा कम्पनीको चुक्तापुंजी वृद्धि बढाउने बिषय चर्चामा सिमित रहेका बेला बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले संचालक समितिबाट नै निर्णय गराएर यसलाई औपचारीक रुप दिएका हुन्। 

वीमा समितिको निर्देशन पश्चात बीमा कम्पनीहरुले तोकिएको चुक्तापुंजी कसरी पुर्याउँछन् भन्ने बिषय चर्चाको बिषय बनेको छ। केहिले एक बर्षभित्र तोकिएको चुक्तापुंजी पुर्याउन नसकिने प्रतिकृया दिइसकेका छन् भने केहिले अहिले थोरै पुंजी लिएर चलेका कम्पनीलाई नै मर्जमा लगेर बलियो कम्पनी बनाउनुपर्ने तर्क अगाडी सारेका छन्। 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बाहेक अरु कुनै पनि बीमा कम्पनीसंग बीमा समितिले तोकेको चुक्तापुंजी छैन। त्यसैले पनि एक बर्षभित्र तोकिएको चुक्तापुंजी पुर्याउन भने अहिले संचालनमा रहेका अधिकांश बीमा कम्पनीहरुलाई सहज भने छैन।

तोकिएको चुक्तापुंजी पुर्याउन कुन बीमा कम्पनीलाई कति रकम अभाव

जीवन बीमा तर्फ

जीवन वीमा तर्फ नेपाल लाइफ इन्स्योरेन्स बाहेक अरु सबै कम्पनीसंग तोकिएको चुक्तापुंजी छैन। नेपाल लाइफसंग अहिल्ये नै ८ अर्ब २० करोड चुक्तापुंजी रहेको छ। तर बाँकी कम्पनीहरुसंग ठुलो मात्रामा तोकिएको चुक्तापुंजीको अभाव देखिन्छ। 

तोकिएको चुक्तापुंजी पुर्याउन सबै भन्दा बढी रकम अभाव भएका कम्पनीमा सानिमा र प्रभु लाइफ इन्स्योरेन्स अग्रपंक्तिमा छन्। यी दुवै कम्पनीले झन्डै १५० प्रतिशतले चुक्तापुंजी बढाउनुपर्ने देखिन्छ। हाल दुवैको चुक्तापुंजी २ अर्ब रहेको छ।

अरु कम्पनीको तुलनामा नेशनल लाइफ इन्स्योरेन्स तोकिएको चुक्तापुंजी पुर्याउन सहज अवस्थामा देखिन्छ। नेशनल लाइफले २३ प्रतिशतले मात्रै चुक्तापुंजी बढाउँदा उसले तोकिएको चुक्तापुंजी ५ अर्ब पुर्याउन सक्ने अवस्थामा छ। हाल नेशनल लाइफको चुक्तापुंजी ४ अर्ब ३ करोड ५१ लाख रुपैयाँ रहेको छ। 

निर्जीवन बीमा तर्फ


निर्जीवन वीमा तर्फ कुनै पनि कम्पनीसंग बीमा समितिले तोकेको चुक्तापुंजी छैन। तोकिएको चुक्तापुंजी पुर्याउनलाई शिखर र नेको इन्स्योरेन्स सहज अवस्थामा छन् भने अरु सबै कम्पनी असहज अवस्थामा देखिन्छ। 

यस अवधिमा शिखरको चुक्तापुंजी १ अर्ब ७५ करोड रहेको छ भने नेकोको १ अर्ब ७४ करोड रहेको छ। दुवैले करिब ४३ प्रतिशतले चुक्तापुंजी बढाउँदा तोकिएको चुक्तापुंजी साढे २ अर्ब पुर्याउन सक्ने देखिन्छ। 

तर अन्य कम्पनीलाई भने बीमा समितिले तोकेको चुक्तापुंजी साढे २ अर्ब पुर्याउन सहज देखिदैन। 

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी सबै भन्दा बढी प्रतिशतले चुक्तापुंजी बढाउनुपर्ने अवस्थामा रहेको छ। तोकिएको चुक्तापुंजी पुर्याउन राष्ट्रिय बीमा कम्पनीले ८३७ प्रतिशतले पुंजी बढाउनुपर्ने देखिन्छ। हाल राष्ट्रिय बीमा कम्पनीको चुक्तापुंजी मात्रै २६ करोड ६६ लाख रहेको छ।

त्यस्तै नयाँ निर्जीवन बीमा कम्पनी अजोड, आइएमई सहित जेनेरल इन्स्योरेन्स,युनाइटेड इन्स्योरेन्स लगायतका निर्जीवन बीमा कम्पनीलाई तोकिएको चुक्तापुंजी २ अर्ब ५० करोड पुर्याउन सहज देखिदैन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved