बीमा कम्पनीका अध्यक्ष र संचालकको कार्यकाल तोकियो, पुराना कम्पनीमा धेरैको 'पद' जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2022 | 02:41:30 PM मा प्रकाशित

बीमा कम्पनीका संचालक तथा अध्यक्षको कार्यकाल तोकिएको छ। बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका दोस्रो पटक संशोधन गर्दै संचालक र अध्यक्षको कार्यकाल तोकेको हो। 

दोस्रो संसोधनको व्यवस्थाअनुसार कुनै पनि बीमा कम्पनीको अध्यक्ष तथा सञ्चलाकहरु दुई कार्यकाल भन्दा बढि समय पदमा रहेर काम गर्न पाउने छैनन्। यो व्यवस्था आउनु अगाडी यदि कुनै संचालक वा अध्यक्षको कार्यकाल दुई कार्यकाल भईसकेको छ भने पनि उक्त व्यक्ति पदमा बस्न पाउने छैन। 

संचालक र अध्यक्षको एक कार्यकालको अवधि ४ बर्षको हुनेछ। यस अनुसार संचालक तथा अध्यक्ष ८ बर्ष भन्दा बढी एकै संस्थामा बस्न पाउनेछैन। तर स्वतन्त्र संचालक भने एक कार्यकाल अर्थात ४ बर्षको लागि मात्र पदमा बस्न पाउनेछ।     

बीमा समितिले केही महिना पहिले गरेको संशोधन पर्याप्त नभएपछि पुनः आवश्यक दोस्रो पटक संशोधन गरेको हो। 

यो व्यवस्थाले बिशेषगरि पुराना कम्पनीका संचालक तथा अध्यक्षहरु प्रभावित हुनेछन। बीमा क्षेत्रको नियमन प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved