बीमा अभिकर्ताले गाडी कर्जा लिन पाउने तर बीमा समितिले राख्यो यस्तो सर्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2022 | 03:00:08 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा अभिकर्ताहरुले पनि गाडी किन्नलाई बीमा कम्पनीबाट कर्जा लिन पाउने भएका छन्। बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ लाई दोस्रो पटक संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। 

संसोधित व्यवस्थाअनुसार अबदेखि बीमा अभिकर्ताहरुले आफू कार्यरत बीमक कम्पनीबाट गाडी किन्न ऋण लिन पाउनेछन्। तर यस्तो कर्जा लिनलाई सम्बन्धित कम्पनीको संचालक समितिले स्वीकृत गर्नु पर्नेहुन्छ। कति रुपैयाँ बराबरको कर्जा लिन पाउने भन्नेबारे वीमा अभिकर्ताको योगदान लगायतका बिषयले निर्धारण गर्नेछ। 

दोस्रो पटक संशोधन गरिएको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको ४९ नम्बर बुँदामा भनिएको छ, 

"बीमा कम्पनीले जीवन बीमालेखको सुरक्षणमा बीमितलाई कर्ज दिन बाहेक कुनै किसिमको कर्जा दिन पाउदैन तर कर्मचारीलाई सापटी र जीवन बीमा व्यवसाय गर्ने बीमाकले आफ्नो बहालवाला बीमा अभिकर्तालाई बीमाकको व्यवसाय प्रवर्दन गर्न संचालक समितिको स्वीकृति लिई प्रोत्साहन बापत नगद र घर जग्गा कर्जा बाहेक अन्य व्यवस्था गर्न यो व्यवस्थाले बाधा पुर्याउने छैन"

यस अनुसार बीमा अभिकर्ताले सिधै घर तथा गाडीको लागि कर्जा लिन नपाएपनि प्रोत्साहन बापत सवारी साधन वा अन्य साधनहरु ऋणमा लिन पाउने भएको छ।

त्यसको लागि बीमा अभिकर्ता बहालवाला हुनुपर्ने, बाहालवाला बीमा अभिकर्तालाई त्यस्तो ऋण दिँदा सञ्चालक समितिको स्वीकृत लिएर मात्रै दिनुपर्ने व्यवस्था गरिएको छ । 

त्यस्तै बीमा अभिकर्ताहरुलाई प्रोत्साहन बापत प्रदान गरिने 'स्कीम' पनि सञ्चालक समितिको स्वीकृति लिई वितरण गर्न पाइने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved