स्वास्थ्य बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2022 | 02:16:05 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य बीमा बोर्डले बीमितहरुले बीमा नवीकरणको भुक्तानी अब अनलाइनबाट नवीकरण गर्न मिल्ने भएको छ । बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेतीको उपस्थितीमा स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले उक्त सेवाको सुभारम्भ गरेका हुन् । 

यस संगै अब स्वास्थ्य बीमा बोर्ड मार्फत बीमितहरुले कनेक्टआइपीएसको माध्यमबाट आफ्नै बैंक वित्तीय संस्थाको खाताबाट अनलाइन भुक्तानी गर्न सकिने भएको छ ।  नेपाल सरकारले लागु गरेको उक्त बीमा योजना अन्तर्गत, प्रत्येक बीमित नेपाली परिवारले रु १ लाखसम्मको बीमा सुविधा प्राप्त गर्दै आएको छ । यस अन्तर्गत हाल सम्म ५३ लाख भन्दा बढी लाभग्राहीहरु रहेका छन् ।

उक्त बीमितहरुले अब अनलाइन माध्यमबाट नै आफ्नो बीमालेख नवीकरण र भुक्तानी गर्न सक्ने भएको छ । स्वास्थ्य बीमाबोर्डको डिजिटलाईजेसनको यस कदमलाई बोेर्डको सेवा प्रवाहमा उल्लेख्य योगदान पु¥याउने एक महत्वपूर्ण कोषे ढुङ्गाको रुपमा लिइएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved