यति एयरलाइन्ससँगको सहकार्यमा सानिमा जनरल इन्स्योरेन्सले ल्यायो नयाँ वर्ष अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2022 | 10:43:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली नयाँ वर्षको उपलक्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यति एयरलाइन्ससँगको सहकार्यमा नयाँ अफर ल्याएको छ । यति एयरलाइन्सबाट उडान भर्ने सबै यात्रुका लागि यति एयरलाइन्सको मोबाइल एप र वेबसाइटबाट टिकट बुकिङ गरी ‘यति एक्स्ट्रा केयर’ नामक नयाँ अफर ल्याएको हो ।

 यो नयाँ अफर दुर्घटना बीमा कभरेज प्रदान गर्न ल्याइएको कम्पनीले जनाएको छ। सानिमा जनरल इन्स्योरेन्सका डेपुटी महाप्रबन्धक रेना रिजालका अनुसार यो अफर १४ अप्रिल २०२२ देखि लागू हुनेछ। यो अफर यतिको मोबाइल एप र वेबसाइट मार्फत टिकट खरिद गर्ने यात्रुहरूका लागि उपलब्ध हुनेछ। यो समझदारी अन्तर्गत यात्रुले यात्राको मितिदेखि ३० दिनको अवधिको लागि १ लाख सम्म बीमा रकम पाउनेछन् । ३० दिनको अवधिमा एक पटकभन्दा बढी यात्रा गर्ने यात्रुलाई यो नीति यात्राको अन्तिम मितिदेखि लागू हुनेछ ।

यात्रुले बीमा अवधिमा दुर्घटना भएमा रु १०,००० सम्मको औषधि उपचार र दुर्घटनामा मृत्यु भएमा शतप्रतिशत बीमा रकम पाउनेछन् । बीमा समितिको नीतिअनुसार बीमा दाबी गर्ने अधिकार सानिमा जनरल इन्स्योरेन्सको हुनेछ,’  रिजालले  भनिन् ।

उनका अनुसार यो अफर ३ महिनाको लागि मान्य छ र नेपाली नागरिकका लागि मात्र लागू हुनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved