रामेछापमा पहिलो पटक जुनारको बीमा, बगैँचामै पुगेर पोलिसी हस्तान्तरण, किसान उत्साहित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2022 | 05:37:08 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई जनरल इन्स्योरेन्समार्फत रामेछाप जिल्लामा पहिलो पटक जुनारको बीमा गरिएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोनमार्फत बैशाख ८ गते रामेछाप नगरपालिका वडा नम्बर ६ पुरानागाउँका ३ जना जुनार कृषकहरुले लगाएको जुनारको बोट गणना गरी बीमा गरिएको हो । 

जस अनुसार शेर बहादुर तमाङले लगाएका २३५ बोट, हेम बहादुर तमाङले लगाएका २५० बोट र पृथे तमाङले लगाएका १३० बोट जुनारको बीमालेख आज किसानको बगैंचमा नै गएर आईएमई जनरल इन्स्योरेन्स मन्थलीका शाखा प्रमुख विपिन भट्टराईले हस्तान्तरण गरेका हुन् । 

उक्त जुनारको पीसीआर रिपोर्ट राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटा प्रयोगशालामा परीक्षण गराउँदा नेगेटिभ नतिजा आएपछि बगैंचाको जुनारको बोट स्वस्थ भएको प्रमाणित भए अनुसार बीमा गरिउको प्रधानमन्त्री आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिए । 

परियोजना कार्यालयले जुनारको बगैंचामा रोग लागन नदिन किसानको जुनार बगैंचामा गएर विषादी छर्न १० जनाको टोली नै बनाएको गैरेले जानकारी दिए । 

उक्त बीमालेख हस्तान्तरणको कार्यक्रममा प्रधानमन्त्री आधुनिकीकरणका प्रमुख थिरलाल गैरे, जुनार जोन रामेछापकी प्राविधिक भवानी बस्नेत, श्याम बहादुर तमाङ र रामेछाप नगरपालिकाका कृषि प्राविधिक लबश्री विश्वकर्मा लगाएतको उपस्थिति रहेको थियो । 

जुनारको बीमा गरेपछि कृषकहरु थप उत्साहित भएका छन् । कम्पनीका शाखा प्रमुख भट्टराईका अनुसार कुनै कारणबाट जुनार खेतीमा हानी नोक्सानी भएमा अधिकतम बीमाङ्क रकमको सिमा भित्र रही वास्तविक क्षतिको ९० प्रतिशत रकम भुक्तानी गरिने छ । 

रक्षावरण गर्ने जोखिमहरुः

आगलागी, चट्याङ, भुकम्प, अधिक वर्षा बाढी, खडेरी, पहिरो, आँधिबेरी, असिना, हिऊ, तुसारो, आकस्मिक दुर्घटनाजन्य बाह्य कारणहरु, रोगबाट हुने हानी नोक्सानी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved