३४ बीमा कम्पनीले बुझाए पूंजीवृद्धि योजना, हकप्रद अन्तिम विकल्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2022 | 03:53:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी र बिदेशी स्वामित्वका बाहेकका बीमा कम्पनीले पूंजी वृद्धि योजना पेश गरेका छन्। तोकिएको समयसम्म सरकारी र बिदेशी स्वामित्वका बाहेक नेपालका ३४ वटा बीमा कम्पनिले पूंजी वृद्धि योजना पेश गरेको बीमा समितिले जनाएको छ। 

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार अन्तिम दिन (बैशाख ११ गते) सम्ममा १७ वटा जीवन र १७ वटा निर्जीवन बीमा कम्पनीले पुँजी वृद्धिको योजना बुझाएका हुन्।

पूंजी वृद्धिको योजना बुझाउनेमा जीवन बीमा कम्पनीहरुमध्ये लाइफ इन्स्योरेन्स, नेशनल, एशियन, सूर्या, मेटलाइफ, सानिमा, गुराँस, सिटिजन, महालक्ष्मी, रिलायन्स, सन नेपाल लाइफ, प्राइम, यूनियन लाइफ, ज्योति लाइफ, रिलायबल नेपाल, प्रभु र आईएमई लाइफ रहेका छन्। उनीहरुले हालको चुक्ता पुँजी बढाएर न्यूनतम ५ अर्ब रुपैयाँ पुर्याउने गरी प्लान पेश गरेका हुन् ।

यस्तै, निर्जीवन बीमातर्फ शिखर, नेपाल, सगरमाथा, एभरेष्ट, सानिमा जनरल, आईएमई जनरल, प्रुडेन्सियल, नेको, लुम्बिनी जनरल, अजोड, जनरल, हिमालयन जनरल, प्रिमियर, प्रभु, एनएलजी, सिद्धार्थ र यूनाईटेड इन्स्योरेन्स रहेका छन्। 

हालसम्म पुँजी वृद्धिको योजना नबुझाउनेमा जीवनतर्फ राष्ट्रिय बीमा संस्थान र निर्जीवनतर्फ दि ओरियन्टल, नेशनल, राष्ट्रिय बीमा कम्पनी रहेका छन्। जीवन बीमा कम्पनीले चुक्ता पुँजी साढे ५ अर्ब र निर्जीवन बीमा कम्पनीले साढे २ अर्ब रुपैयाँ पूंजी पुर्याउने योजना बनाएर बीमा समितिमा पेश गरेका हुन् ।

भारतमा कर्पोरेट कार्यलय रहेका दि ओरियन्टल, नेशनलले पूंजी वृद्धि योजनाको लागि पहल गरिरहेको र नेपाल सरकारको स्वामित्वको राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीबाट कुनै जानकारी नआएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिजपाटीलाई बताए।

बीमा समितिले २०७९ चैत चैत मसान्तभित्रमा तोकिएको चुक्तापुंजी पुर्याउनलाई २०७८ चैत १० गते एक सूचना मार्फत एक महिनाभित्रमा पूंजी वृद्धिको योजना पेश गर्न निर्देशन दिएको थियो। सोहि अनुसार बीमा कम्पनीहरुले पूंजी वृद्धि योजना बुझाएका हुन।      

हकप्रद अन्तिम विकल्प 

कुन बीमा कम्पनीले कसरी तोकिएको चुक्तापूंजी पुर्याउँछन् भन्ने स्पष्ट नभएपनि हकप्रद अन्तिम विकल्प भएको बीमा समितिले जनाएको छ।  बीमा कम्पनीहरु बलियो हुनुपर्छ भन्ने बीमा समितिको मुख्य उदेश्य भएकाले हकप्रद तोकिएको चुक्तापूंजी पुर्याउने अन्तिम विकल्प भएको बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बताए।  

उनकाअनुसार अन्य विकल्प सकिएर तोकिएको चुक्तापुंजी पुर्याउन केहि प्रतिशतले कमी भए मात्र हकप्रदको  विकल्प रहनेछ तर तोकिएको चुक्तापुंजी पुर्याउनलाई हकप्रद नै पहिलो विकल्प भने हुनेछैन।  यसअनुसार पनि धेरै बीमा कम्पनीले तोकिएको चुक्तापूंजी पुर्याउनलाई हकप्रदलाई पहिलो विकल्पको रुपमा प्रयोग गर्न पाउनेछैनन।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved