बीमा समिति अध्यक्ष सिलवालको आग्रह - 'पूँजी बृद्धिका लागि हकप्रद शेयरलाई प्राथमिकतामा नराख्नु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2022 | 02:50:36 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बुधबार (हिजो) काठमाडौंमा ‘बीमकको पूँजी बृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्दै कम्पनीहरूले एक वर्षभित्र पूँजी बृद्धि गर्नै पर्ने बताए ।

लगानी अनुरूको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्ती मार्फत पूँजी बृद्धि गर्नेतर्फ ध्यान दिनु उचित हुने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने , “बीमा कम्पनीहरू मर्जरमा जानैपर्छ भन्ने होइन, तर मर्जर विकल्प हुनसक्छ भन्ने हो । सक्नेले पूँजी बढाउनुप¥यो । नसक्नेले आफू जस्तैसँग अरूसँग मर्जरमा जानुप¥यो । पूँजी बृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा जानेलाई सक्ने जति सुविधा दिन समिति तयार छ ।” 

पूँजी बृद्धिका लागि हकप्रद शेयरलाई प्राथमिकतामा नराख्न आग्रह गर्दै अध्यक्ष सिलवालले भने , “बीमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नुप¥यो । अस्वस्थ प्रतिस्पर्धा त्यागेर स्वस्थ प्रतिस्पर्धा गर्नुप¥यो । सूचना प्रविधिमैत्री हुनुप¥यो । शाखा कार्यालयहरूलाई सुविधा सम्पन्न बनाउनुप¥यो । दाबी भुक्तानी समयमै हुनुप¥यो । लगानीको प्रतिफल पनि बढ्नु प¥यो ।”

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूलाई पूँजी बृद्धिका लागि थप लगानी, बोनस शेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्ति लगायतका विभिन्न विकल्प हुनसक्ने बताए ।

कार्यक्रममा बीमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पँगेनी बीमकको पूँजी बृद्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा बीमा समितिका निर्देशकहरू सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल (अधिकारी) तथा दिनेश कुमार लाल र जीवन बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्ष, मुख्य संस्थापक शेयरधनी र प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved