बाढीले पुर्याएको क्षतिमा सिद्धार्थ इन्स्योरेन्सद्वारा ८ करोड ९७ लाख दाबी भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2022 | 09:11:02 AM मा प्रकाशित

laxmi  sunrise bank

 सिद्धार्थ इन्स्योरेन्सले वर्षाका कारण आएको बाढीले क्षति भएको पुलको दाबी भुक्तानी गरेको छ । 

गत बर्ष मौसम विभागले सो वर्षको मनसुन सकिएको घोषणा गरिएको साता नपुग्दै मिति २०७८ असोज ३१ देखि कार्तिक २ गते सम्मको लगातार बेमौसमी बर्षातले देशैभर व्यापक जनधन क्षति भएको थियो । अक्टोवर महिनामा भएको भारि बर्षा १२ बर्ष यताकै उच्च थियो । उक्त बर्षातको कारणबाट महाकाली नदिमा आएको बाढीले कञ्चनपुरको भिमदत्त–१२ ओदाली स्थित निर्माणाधिन ६ लेनको सडक मनोरञ्जन पार्कको निमित्त बनेका पोखरीका संरचना –(Pond Island) र ४ लेनको पक्की पुलको पहुँच मार्गमा ठूलो क्षति पु¥याएको  थियो ।

उक्त परियोजनाको सिद्धार्थ इन्स्योरेन्सले ठेकेदारको सम्पूर्ण जोखिम (Contractors All Risk) बीमा भएकोले मूल्यांकनकर्ता बाट मूल्यांकन भइ कायम भएको क्षति वापतको बीमा रकम रु. ८९७,९८,०००÷– को चेक प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले वीमित कुमार—सी एफ इ सी जे÷भी का प्रतिनिधी शुशील कुमार श्रेष्ठ लाई हस्तान्तरण गरेका हुन्।

सिद्धार्थ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७८÷७९ को हाल सम्म यस कम्पनीले ७८२८ वटा दावी फर्छयौट गरी रु. १,०७६,०२६,९४८÷– तथा अग्रिम दावी वापत विभिन्न दावी कर्ताहरुलाई  रु.८०,०००,०००÷–  भुक्तानी गरी जम्मा रु. १,१५६,०२६,९४८÷– भुक्तानी गरेको छ भने फर्छयौट गर्न वाँकी दावीको संख्या ३८५७ (कोरोना दावी वाहेक) रहेको र सो वापत भुक्तानी गर्नु पर्ने रकमं रु.१,१६०,७६२,५९५÷– रहेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved