यी हुन् मर्जरमा जान सक्ने सम्भावित १२ बीमा कम्पनीहरु (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2022 | 03:14:28 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि योजना ल्याएपछि झन्डै डेढ दर्जन कम्पनीहरु मर्जर तथा प्राप्तिमा जाने सम्भावना बढेको छ। तोकिएको पूंजी पुर्याउनलाई हकप्रदलाई अन्तिम विकल्पको रुपमा अगाडी सारीएपछि धेरै कम्पनीहरुले मर्जरको बाटो रोज्न बाध्य भएका हुन्।

सरकारी र बिदेशी स्वामित्वका बाहेकका बीमा कम्पनीले पूंजी वृद्धि योजना पेश गरिसकेका छन्। जसमा अधिकांश कम्पनीहरुले तोकिएको चुक्तापुंजी पुर्याउनका लागि बोनस, हकप्रद र मर्जर तथा प्राप्तिको विकल्प अगाडी सारेका छन्।

बीमा समितिले २०७९ चैत चैत मसान्तभित्रमा निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्तापुंजी पुर्याउनलाई २०७९ बैशाख २० गतेसम्मको लागि समय दिएअनुसार कम्पनीहरुले पुंजी वृद्धि योजना बुझाएका हुन्।   

तर बीमा कम्पनीका अध्यक्ष सुर्य पर्साद सिलवालले भने तोकिएको चुक्तापुंजी पुर्याउनलाई बीमा कम्पनीलाई हकप्रद अन्तिम विकल्पको रुपमा दिईने बिजपाटीसँगको कुराकानीमा बताए। 

उनकाअनुसार अहिलेपनि अधिकांश कम्पनीले दिने प्रतिफल दोहोरो अंकमा नभएको र सानो सानो पुंजीमा चल्दा कम्पनी आफैं बलियो हुन नसकेकाले सकेसम्म तोकिएको चुक्तापुंजी पुर्याउन मर्जर तथा प्राप्तिलाई नै मुख्य प्राथमिकतामा राखिएको छ। 

बीमा समितिले हकप्रदलाई अन्तिम र मर्जर तथा प्राप्तिलाई पहिलो विकल्पको रुपमा अगाडी सारेपछि अधिकांश कम्पनीहरुले मर्जर तथा प्राप्तिको लागि चाँसो दिएको अध्यक्ष सिलवालको भनाई छ।

यसै सन्दर्भलाई लिएर हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले मर्जरका लागि सहमती गरिसकेका छन् भने अरु कम्पनीहरुले पनि मर्जर तथा प्राप्तिको लागि चाँसो देखाएका छन्।

बिजपाटीलाई प्राप्त जानकारीअनुसार युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफबीच एक आपसमा गाभ्ने गाभिनेबारे छलफल अगाडी बढेको छ भने निर्जीवन तर्फ नेपाल इन्स्योरेन्स, आइएमई जेनेरल र प्रुड़ेन्शियल इन्स्योरेन्सबीच छलफल अगाडी बढेको छ। 

त्यस्तै सानिमा जेनेरल र प्रिमियर इन्स्योरेन्सबीच पनि एक आपसमा गाभ्ने गाभिनेबारे छलफल धेरै अगाडी बढिसकेको छ भने नेको र जेनेरल इन्स्योरेन्स कम्पनीबीच पनि छलफल अगाडी बढेको छ। 

निर्वाचन लगत्तै अर्थात जेठ ३ गतेदेखि नै बीमा कम्पनीहरुले बुझाएको पुंजीवृद्धि योजनाअनुसार उनीहरुसँगको छलफललाई तिब्रता दीईने समितिका अध्यक्ष सिलवालले बिजपाटीलाई बताए। 

नेशनल इन्स्योरेन्स हुनुपर्नेमा अन्यथा भएकाले सच्याईएको छ-सम्पादक 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved