तीन जीवन बीमा कम्पनीबिच मर्जर सम्झौता, नेपालकै ठुलो बीमा कम्पनी बन्ने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2022 | 05:01:55 PM मा प्रकाशित

laxmi  sunrise bank

तीनवटा जीवन बीमा कम्पनीबीच एक आपसमा गाभ्ने गाभिनेबारे सम्झौता भएको छ। आज काठमान्डूमा एककार्यक्रमकाबीच प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभिने सम्बन्धमा सम्झौता भएको हो। 

मर्जरपछि बन्ने संस्थाको नाम बैंकहरुको झैं नभएर बिल्कुलै नयाँ नामबाट संस्था संचालनमा आउने मर्जरमा संलग्न एक संस्थाका प्रमुख कार्यकारी अधिकृतले बिजपाटीलाई बताए। 

उनकाअनुसार अहिले बीमा समितिले पुंजी वृद्धि योजना ल्याएकाले पुंजीको आधारमा र पुंजीको आवश्यकताले मात्रै तीन संस्थाबीच मर्जरमा जाने सहमती जुटेको हो। 

यो पनि: यी हुन् मर्जरमा जान सक्ने सम्भावित १२ बीमा कम्पनीहरु (सुचीसहित)

बैंक वित्तीय संस्थाहरुको झैं संचालक, कार्यकारी पद, संस्थाको नाम र लोगोलाई प्राथमिकतालाई राखेर अहिलेको मर्जरको निर्णय नभएको समेत उनले बताए। 

यद्दपी के कति स्वापमा सहमती जुटेको, मर्जर पछि बन्ने संस्थाको नाम के बन्ने, उक्त संस्थाको अध्यक्ष र प्रमुख कार्यकारी को बन्नेभन्नेबारे अहिलेनै छलफल भईनसकेको समेत उनले बताए। 

'संस्थाको नाम के हुन्छ वा कुन पदमा को आउँछ भन्नेकुरा महत्त्वपूर्ण होइन, तीन तीनवटा संस्था एक आपसमा गाभिएपछि नेपालकै अव्वल कम्पनी बन्नुपर्छ भन्ने उदेश्यले एक आपसमा गाभ्ने गाभिने निर्णय भएको हो' उनले भने। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved