एक आपसमा गाभिदै थप तीन निर्जीवन बीमा कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2022 | 09:14:10 PM मा प्रकाशित

थप तीन निर्जीवन बीमा कम्पनीहरु एक आपसमा गाभिने भएका छन्। नियामक बीमा समितिले तोकेको चुक्तापुंजी साढे दुई अर्ब पुर्याउनलाई हकप्रदको बाटो झन्डै बन्द भएपछि यी तिन निर्जीवन बीमा कम्पनीहरु पनि मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएका हुन्। 

बिजपाटीलाई प्राप्त जानकारीअनुसार आइएमई जेनेरल, प्रुड़ेन्शियल र नेपाल इन्स्योरेन्स मिलेर नयाँ निर्जीवन बीमा कम्पनी बन्ने तयारीमा रहेका छन्। यी तीनवटै कम्पनीका संचालकहरुबीच मर्जर तथा प्राप्तिमा जानेबारे करिब करिब सहमती जुटिसकेको छ। 

नेपाल इन्स्योरेन्सको चुक्तापुंजी १ अर्ब २४ करोड रहेक ओछ भने आईएमई जेनेरलको १ अर्ब १५ करोड र  प्रुड़ेन्शियल इन्स्योरेन्सको चुक्तापुंजी १ अर्ब २ करोड रहेको छ। यी तिनवटै कम्पनीको चुक्तापुंजी जोड्दा करोड ३ अर्ब ४२ करोड नाघ्नेछ। 

यो पनि:
यी हुन् मर्जरमा जान सक्ने सम्भावित १२ बीमा कम्पनीहरु (सुचीसहित)

तीन जीवन बीमा कम्पनीबिच मर्जर सम्झौता, नेपालकै ठुलो बीमा कम्पनी बन्ने लक्ष्य

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता

बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि योजना ल्याएपछि अहिलेसम्म ५ बीमा कम्पनीले मर्जर तथा प्राप्ति सम्झौता गरिसकेका छन्। केहि दिन अगाडी हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले मर्जरका लागि सहमती गरिसकेका छन् भने आज बैशाख २९,२०७९ मा मात्रै तीन जीवन कम्पनी गुराँस, युनियन र प्राइम लाइफबीच गाभ्ने गाभिनेबारे सम्झौता भएको छ। 

बीमा समितिले २०७९ चैत चैत मसान्तभित्रमा निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब र जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्तापुंजी पुर्याउनलाई २०७९ बैशाख २० गतेसम्मको लागि समय दिएअनुसार कम्पनीहरुले पुंजी वृद्धि योजना बुझाएका हुन्।   

तर बीमा कम्पनीका अध्यक्ष सुर्य पर्साद सिलवालले भने तोकिएको चुक्तापुंजी पुर्याउनलाई बीमा कम्पनीलाई हकप्रद अन्तिम विकल्पको रुपमा दिईने बिजपाटीसँगको कुराकानीमा बताए। 

उनकाअनुसार अहिलेपनि अधिकांश कम्पनीले दिने प्रतिफल दोहोरो अंकमा नभएको र सानो सानो पुंजीमा चल्दा कम्पनी आफैं बलियो हुन नसकेकाले सकेसम्म तोकिएको चुक्तापुंजी पुर्याउन मर्जर तथा प्राप्तिलाई नै मुख्य प्राथमिकतामा राखिएको छ। 

अहिलेकैअनुसार बीमा कम्पनीहरु मर्जर तथा प्राप्तिमा सामेल भएको अवस्थामा निर्जीवन बीमा कम्पनी झन्डै १० वटामा र जीवन बीमा कम्पनीहरु पनि सोहि अनुपातमा घट्ने आंकलन गरिएको छ।   


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved