युनियन , प्राइम र गुराँस लाइफ इन्स्योरेन्सले बीमा समितिलाई दिए मर्जर सम्झौताको जानकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2022 | 11:52:30 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जरको सम्झौता गरेका तीनवटा जीवन बीमा कम्पनीले सम्झौताबारे बीमा समितिलाई जानकारी गराएका छन् । मंगलबार बिहान युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले मर्जर सम्झौता बारे जानकारी गराउदै मर्जर प्रक्रियाको लागि स्वीकृति माग गरेका हुन् । 

यी ३ कम्पनी बीच गत बिहिबार मर्जर सम्झौता भएको थियो । मर्जरपछि बन्ने संस्थाको नाम बैंकहरुको झैं नभएर बिल्कुलै नयाँ नामबाट संस्था संचालनमा आउने बताईएको छ। अहिले बीमा समितिले पुंजी वृद्धि योजना ल्याएकाले पुंजीको आधारमा र पुंजीको आवश्यकताले मात्रै तीन संस्थाबीच मर्जरमा जाने सहमती जुटेको हो। 

यो पनि: यी हुन् मर्जरमा जान सक्ने सम्भावित १२ बीमा कम्पनीहरु (सुचीसहित)

एक सीइओका अनुसार बैंक वित्तीय संस्थाहरुको झैं संचालक, कार्यकारी पद, संस्थाको नाम र लोगोलाई प्राथमिकतालाई राखेर अहिलेको मर्जरको निर्णय भएको होइन। यद्दपी के कति स्वापमा सहमती जुटेको, मर्जर पछि बन्ने संस्थाको नाम के बन्ने, उक्त संस्थाको अध्यक्ष र प्रमुख कार्यकारी को बन्नेभन्नेबारे अहिलेनै छलफल भईनसकेको समेत उनले बताए। 

'संस्थाको नाम के हुन्छ वा कुन पदमा को आउँछ भन्नेकुरा महत्त्वपूर्ण होइन, तीन तीनवटा संस्था एक आपसमा गाभिएपछि नेपालकै अव्वल कम्पनी बन्नुपर्छ भन्ने उदेश्यले एक आपसमा गाभ्ने गाभिने निर्णय भएको हो' उनले भने। 

३ वटै कम्पनी मर्जमा जाने भएपछि नेप्सेमा यी कम्पनीको कारोबार रोक्का भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved