रिलायबल लाइफले साधारणसभामा 'हकप्रद' प्रस्ताव लैजानु गलत हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2022 | 11:43:23 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले पुंजीवृद्धि योजना ल्याएपछि अधिकांश कम्पनीहरुले तोकिएको चुक्तापुंजी पुर्याउनलाई बिभिन्न योजनाहरु समितिमा बुझाएका छन्। अधिकांश कम्पनीहरुले हकप्रदलाई नै प्राथमिकतामा राखेर पुंजीवृद्धि योजना पेश गरेका छन्। 

यद्दपी बीमा समितिले अहिले संचालनमा भएका मध्ये केहि कम्पनी कम्जोर अवस्थामा रहेकाले उनीहरुलाई मर्जर तथा प्राप्तिमा लैजानु पर्ने भन्दै हकप्रदलाई अन्तिम विकल्प भनेको छ। 

बीमा समितिले हकप्रद मार्फत मात्रै पुंजीवृद्धि गर्न नदिने भएपछि दर्जन बढी संस्थाहरुले मर्जर तथा प्राप्तिको बाटो रोजेका छन् भने केहिले बोनस तथा अन्य विकल्प रोजेका छन्। 

यहि क्रममा नयाँ कम्पनीको रुपमा संचालनमा आएको रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले पनि तोकिएको चुक्तापुंजी ५ अर्ब पुर्याउन संचालकबाट पुंजीवृद्धि गर्ने तथा हकप्रद जारी गर्ने विकल्प अगाडी सारेको छ। 

सर्वसाधारणलाई साधारण सेयर जारी नगरेको संस्थाले संचालकहरुबाटै थप पुंजी संकलन गरेर पुंजीवृद्धि गर्नुपर्नेमा साधारणसभामा हकप्रदको प्रस्ताव राखेकोमा यसबारे धेरैको ध्यानाकर्षण भएको छ। 

केहिले रिलायबल लाइफले साधारणसभामा हकप्रद प्रस्ताव राखेर बीमा समितिको मूल मर्मलाई नै चुनौती दिएको प्रतिकृया दिएका छन् भने केहिले आइपीओ नल्याएको संस्थाले हकप्रद भनेर बजारमा अरुलाइ झुक्याउन खोजेको टिप्पणी गरेका छन्। 

यद्दपी सेयरबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डले भने रिलायबल लाइफले साधारणसभामा गरेको 'हकप्रद' प्रस्तावलाई भने सामान्य भनेको छ। 

धितोपत्र बोर्डका प्रमुख कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरिले कम्पनी ऐन र बीमा समितिअनुसार उक्त प्रस्ताव के हुन्छ भन्नेबारे आफुले केहि भन्न नसक्ने भएपनि धितोपत्र बोर्डले भने यसमा कुनै 'आपत्ती' नजनाउने बताए। आइपीओ नल्याएको भएपनि पुंजीवृद्धि गर्नलाई संचालकहरुलाई नै हकप्रद बिक्रि गर्न मिल्ने भएकाले त्यहिअनुसार प्रस्ताव आएको हुनसक्ने उनले बताए।

बीमा समितिलाई चुनौती दिनलाई वा अरु गलत उदेश्यले साधारणसभामा हकप्रद जारी गर्ने प्रस्ताव लैजान नलागेको बिजपाटीलाई बताएका छन्। 

'तोकिएको चुक्तापुंजी पुर्याउनलाई बीमा समितिले दिएको अवधि एक बर्ष भन्दा पनि कम छ, त्यहीअनुसार अहिलेकै एजिएमले संचालकबाट थप पुंजी संकलन गर्ने, र बीमा समितिको अनुमती हुँदा आवश्यक पुंजी पुर्याउन हकप्रद जारी गर्नुपर्ने भए त्यसको लागि अहिलेनै साधारणसभाबाट अनुमति लिने उदेश्यले प्रस्तावमा राखिएको हो' उनले भने।  

यता बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले भने आइपीओ जारी नगरेका कम्पनीहरुलाई अहिलेकै पुंजीलाई बढाएर अगाडी बढ्न र अन्तिम अवस्थामा मात्रै बीमा समितिको अनुमतीमा हकप्रद जारी गर्न पाउने बिजपाटीलाई बताएका छन्। 

आइपीओ जारी नगरेका नयाँ कम्पनीहरुले पनि सोहिअनुसार अनुमति लिएर पुंजीवृद्धि गर्ने र बढेको पुंजीअनुसार नै आइपीओ जारी गरेर तोकिएको चुक्तापुंजी पुर्याउने गरि प्रकृया अगाडी बढाएका छन्।  

रिलायवल लाइफले साधारणसभाको बिशेष प्रस्तावको पहिलो बुंदामा पुंजीवृद्धि गर्ने र दोस्रो बुँदामा हकप्रद जारी गर्ने उल्लेख गरेको छ।  कम्पनीले  जेठ २५, २०७९ मा ज्ञानेश्वरको लिसरा ब्यांकेटमा साधारणसभा बोलाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved