नेशनल लाईफ इन्स्योरेन्स र एक एक पाईला फाउण्डेशन मिलेर सिन्धुपाल्चोकमा अस्पताल बनाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2022 | 05:00:40 PM मा प्रकाशित

सिन्धुपाल्चोकको थोकर्पा गाँउपालिकामा सामुदायिक अस्पताल स्थापना गरी संचालन गर्न नेशनल लाईफ इन्स्योरेन्स र एक एक पाईला फाउण्डेशन बीच सम्झौता भएको छ ।

कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र फाउण्डेशनका तर्फबाट फाउण्डेशनका प्रेसिडेण्ट डा. सुमन थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार उक्त अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र ब्यवस्थापन हुनेछ र सो अस्पतालको संचालनमा आर्थिक सहयोग पु¥याउन ३ वर्ष अवधिको लागि कम्पनीले प्रत्येक वर्ष रु.२० लाख आर्थिक सहयोग गर्नेछ ।

समारोहमा डा. सुमन थापाले आर्थिक सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरे । 

कम्पनीको तर्फबाट खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई शिक्षा, स्वास्थ्य, दैवि प्रकोप ब्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रमा विगत वर्षहरु देखि नै चासो राखी आर्थिक सहयोग उपलब्ध गर्दै आएको संस्मरण गराउनु हुंदै सामूदायिक अस्पताल संचालनमा सहयोग गरी स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउन पाएकोमा खुशी व्यक्त गरे । 

कम्पनीको यस सहयोगबाट १५ शैयाको सामूदायिक अस्पतालको संचालन भै उक्त क्षेत्र वरिपरि रहेका करीब ५० हजार सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने आशा गरिएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved