१५ हजारको स्वास्थ्य तथा दुर्घटना बीमा गराउन बीमा कम्पनी खोज्दै नेपाल टेलिकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2022 | 09:12:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले स्वास्थ्य तथा दुर्घटना बीमा गराउने बीमा कम्पनी छनोट गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको छ । कम्पनीले २०७९ भदौ १ गतेदेखि २०८१ श्रावण मसान्त सम्मका लागि कम्पनीका सम्पूर्ण कर्मचारीहरू र  कर्मचारीहरूका पति/पत्नी तथा आश्रित परिवारहरू समेत करिब १५,००० (पन्ध्र हजार) जनाको सामूहिक स्वास्थ्य तथा दुर्घटना बीमा गराउन लागेको हो ।

कम्पनीले सो को लागि हिजो शुक्रबार बीमा कम्पनी छनोट गर्न प्रस्ताव आह्रान गरेको हो । कम्पनीले सूचना प्रथम पटक प्रकाशन भएको मितिले ३० दिनसम्म कार्यालय समयभित्र सम्बन्धित सबै इच्छुक बीमा कम्पनीहरूलाई सिलबन्दी बोलपत्र पेस गर्न आग्रह गरेको छ ।

टेलिकमले टेलिकमको आर्थिक योजना, ब्यबस्थापन तथा केन्द्रीय खर्च विभागबाट  नगदै रु. १५,०००/- (पन्ध्र हजार) (पछि फिर्ता नहुने) भुक्तानी गरी  बोलपत्र फाराम प्राप्त गर्न सकिने जनाएको छ ।  सूचना प्रथम पटक प्रकाशन भएको मितिले ३० औं दिनको कार्यालय समयभित्र खरिद गरिएका बोलपत्रहरू कम्पनीको केन्द्रीय कार्यालय, भद्रकाली प्लाजामा तोकिएको मिति तथा समयभित्रै दर्ता गरिसक्नुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार दर्ता भएका सिलबन्दी बोलपत्रहरू बोलपत्र प्रकाशन भएको मितिले ३१औं दिनमा दिनको ११:०० बजे यस विभागमा बोलपत्र दाताहरूको प्रतिनिधिको उपस्थिति वा अनुपस्थितिमा पनि खोलिनेछ । सिलबन्दी बोलपत्र फाराम दर्ता गर्ने तथा खोल्ने दिन सार्वजनिक बिदा परेमा कार्यालय खुले लगत्तै सोही बमोजिमको समयमा खोलिनेछ।

बोलपत्र फाराम साथ बोलपत्र जमानत (धरौटी) बापतको रकम रु. २०,७०,०००।०० (अक्षरूपी बीस लाख सत्तरी हजार ) कम्पनीले एन.एम.बी. बैंकमा खोलेको खाता नम्बर ००१०००१३७३९००३४९ मा नगद जम्मा गरेको सक्कलै बैंक भौचर वा ४ महिनाको न्यूनतम अवधि भएको नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त (क) वर्गका वाणिज्य बैंकहरूबाट जारी गरेको सक्कलै बैंक जमानत पत्र पेस गर्नुपर्ने जनाएको छ ।

कम्पनीले  रीत नपुगेको वा म्यादभित्र प्राप्त नभएका बोलपत्र उपर कुनै कारबाही नहुने र बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार कम्पनीमा सुरक्षित रहने प्रस्ताव पारेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved