संस्थापक शेयरधनीहरुलाई शेयरवापत ५० प्रतिशत रकम जम्मा गर्न महालक्ष्मी लाइफको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2022 | 08:47:21 AM मा प्रकाशित

laxmi  sunrise bank
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीहरुलाई शेयरवापत थप ५० प्रतिशत रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले संस्थापक शेयरधनीबाट लगानी भएको रकमको ५० प्रतिशत रकम ३० दिन भित्र जम्मा गर्न आग्रह गरेको हो ।

कम्पनीको विशेष साधारणसभाले पुँजी वृद्धि प्रस्ताव पारित गरेपछि सोहि अनुसार संस्थापक शेयरधनीहरुबाट थप रकम जम्मा गर्न भनेको हो । कम्पनीको विशेष साधारणसभाले  सर्वसम्मतिबाट कम्पनीको अधिकृत पूँजी र जारी पूजी क्रमशः ५०० करोड र ३०० करोड हुने गरी पूँजी बृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको शेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको थियो ।

बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पूँजी ५०० करोड गर्ने निर्देशन दिइसकेपछि संचालक समितिको निर्णय अनुसार पूँजी बृद्धि योजना पेश गरेको थियो । सोही योजना बमोजिम बीमा समितिबाट पूँजी बृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो । 

पूँजी बृद्धि योजना बमोजिम मर्जर र एक्विजेशन पछि चुक्ता पूँजी ५०० करोड पुर्याउने उद्देश्यले विशेष साधारण सभा सम्पन्न भए पश्चात बसेको संचालक समितिको ५८ ‌औँ बैठकले संचालक सुरेश सापकोटाको संयोजकत्वमा संचालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तिन सदस्यिय मर्जर कमिटी समेत गठन गरिसकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved