पुँजीवृद्धिको लागि समय थपको कुरा हल्ला मात्रै, अटेर बीमा कम्पनीलाई उल्टै कारबाही

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2022 | 03:21:43 PM मा प्रकाशित

laxmi  sunrise bank

तोकिएको चुक्तापुंजी पुर्याउन समय थप्ने बारे कहीं कतै कुनै पनि छलफल नभएको पाइएको छ। तोकिएको चुक्तापुंजी पुर्याउनलाई समय थपबारे कुनै छलफल नै नभएको बीमा समितिले जनाएको छ। 

केहि समुहले बीमा समितिलाई कम्जोर बनाउन बजारमा यस्तो चर्चा चलाएको हुन सक्ने बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बिजपाटीसंगको कुराकानीमा बताएका छन्। 

उनकाअनुसार कुनै पनि कम्पनीलाई कुनै पनि बहानामा तोकिएको चुक्तापुंजी पुर्याउनलाई समय थप हुनेछैन। बीमा समितिलाई बुझाएको पूंजीवृद्धि योजनाअनुसार अगाडी नबढ्ने कम्पनीलाई बरु उल्टै कारबाही हुन सक्छ। 

'२०७८ चैत १० गतेदेखि लागू हुनेगरि एक बर्षभित्र तोकिएको चुक्तापुंजी पुर्याउनलाई दिईएको निर्देशनमा कुनै पनि हेरफेर हुदैन' अध्यक्ष सिलवालले भने, 'बीमा समितिमा बुझाएको पूंजी वृद्धि योजना अनुसार अगाडी नबढेक संस्थालाई कारबाही गर्छौं।' 

उनले अगाडी भने, केहि कम्पनीले मर्जर तथा प्राप्ति मार्फत तोकिएको चुक्तापुंजी पुर्याउने प्रयास गरेको अवस्थामा कुनै कारणले ढिला हुन पुगेमा त्यस्ता कम्पनीलाई केहि समय दिने भन्ने कुरा हुन सक्छ तर तोकिएको चुक्तापुंजी पुर्याउनैका लागि समय थप्ने भन्ने असम्भव छ।

पूंजीवृद्धि योजना बुझाएका अधिकांश कम्पनीलाई बीमा समितिले मर्जर तथा प्राप्तिमा जानलाई सुझाव दिएको समेत उनले बताए। केहि कम्पनीको औशत प्रतिफल बार्षिक ७ प्रतिशत भन्दा पनि तल भएकाले उनीहरुलाई मर्जर तथा प्राप्तिमा गएर तोकिएको चुक्तापूंजी पुर्याउनलाई सुझाव दिईएको अध्यक्ष सिलवालले बताए।

चैत १० गतेको वीमा समितिको संचालक समितिको बैठकले जीवन तथा निर्जीवन वीमा कम्पनीहरुलाई चुक्तापुंजी बढाउँन निर्देशन दिएको हो। जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब चुक्तापुंजी तोकिएको छ भने निर्जीवन बीमा कम्पनीहरुलाई साढे २ अर्ब चुक्तापुंजी तोकिएको छ। तोकिएको चुक्तापुंजी २०७९ चैत मसान्तसम्म पुर्याउनुपर्ने छ।  

तोकिएको चुक्तापुंजी पुर्याउने योजना बुझाउन बीमा कम्पनीहरुलाई चैत १० गतेदेखि लागू हुनेगरि यसको ३० दिन भित्र बुझाउनलाई बीमा  समितिले समय दिएको थियो। अधिकांश बीमा कम्पनीहरुले मर्जर तथा प्राप्ति मार्फत तोकिएको चुक्तापुंजी पुर्याउने तयारीमा छन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved