सरकारले आयकरको सीमा बढायो, कर छुट पाइने बीमाको प्रिमियममा कन्जुस्याइँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 06:54:05 PM मा प्रकाशित

सरकारले आयकरको सिमा बढाएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷०८० बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

उनका अनुसार १ प्रतिशत कर तिर्नु पर्ने आय अन्तर्गत प्राकृतिक व्यक्तिको हकमा ५ लाख र विवाहित दम्पतीको हकमा ६ लाखको सिमा कायम गरिएको छ। यस अगाडी यो सिमा प्राकृतिक व्यक्तिको हकमा ४ लाख र विवाहित दम्पतीको हकमा ४ लाख ५० हजार थियो। 

त्यस्तै आयकर प्रयोजनका लागि घटाउन पाइने बीमाको प्रिमियमको सिमा पनि बढाईएको छ। आयकर प्रयोजनका लागि घटाउन पाइने बीमाको  प्रिमियम ४० हजार कायम गरिएको छ। 

धेरै भन्दा धेरै नागरिकको बीमा गराउने र धेरैलाई बीमाको दायरामा ल्याउने उदेश्यले बीमा समितिले आयकर प्रयोजनका लागि घटाउन पाइने बीमाको प्रिमियम एक लाख बनाउन प्रस्ताव गरेको थियो। 

यस अगाडी प्रत्येक बर्ष २५ हजार रुपैयाँसम्म जिवन बीमा गर्ने नागरिकको आयकर बापत बुझाउनुपर्ने रकम मा कर छुट गर्ने व्यवस्था थियो।    मन्त्री जनार्दन शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बजेट सार्वजनिक गर्ने संवैधानिक अभ्यास छ । 



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved