
प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १४ बर्ष पुरागरी १५ औ बर्षमा प्रवेश गरेको छ। २०६५ जेष्ठ २२ गते देखि सञ्चालनमा आएको प्राइम लाइफले संचालनको १४ बर्ष पुरा गर्दा सेयरधनीलाई झन्डै शतप्रतिशत लाभांश दिन सफल भएको छ।
संचालनको १५ औं बर्षमा प्रवेश गरेको प्राइम लाइफले आर्थिक बर्ष २०७२-०७३ देखि यता निरन्तर रुपमा सेयरधनीहरुलाई लाभांश दिंदै आएको छ। प्राइम लाइफ ले आ.व. २०७२÷७३ मा २५ प्रतिशत, २०७३-७४ मा १२.५० प्रतिशत, २०७४-७५ मा १२.५० प्रतिशत, २०७४-७५ मा १२.५० प्रतिशत (बिशेष साधारणसभाबाट) २०७५-७६ मा १५ प्रतिशत, २०७६-७७ मा १५.८७ प्रतिशत लाभांश दिएको छ।
यस अवधिसम्म आइपुग्दा प्राइम लाइफको चुक्तापुंजी २ अर्ब ७८ करोड पुगेको छ भने यसको जीवन बीमा कोष १७ अर्ब ६३ करोड रहेको छ। प्राइम लाइफ ले हाल सम्म बीमा शुल्क बापत २६ अर्ब ४ करोड आर्जन गरेको छ भने अहिलेसम्म १७ लाख ५९ हजार ३४४ बीमा लेख जारी गरेको छ। प्राइम लाइफले बिभिन्न क्षेत्रमा १८ अर्ब ३४ करोड लगानी गरेको छ।
जेष्ठ २२ गतेका दिन स्थापना भई संचालन भएको १४ बर्ष पूरा भई १५औँ बर्षमा प्रबेश गर्न लागेको अवसरमा मिति २०७९ साल जेष्ठ २० गतेका दिन कम्पनीबाट संस्थागत सामाजिक उक्तरदायित्व अन्र्तगत अति सिमान्तकृत बर्गमा पर्ने सिरहा जिल्ला सखुवा नन्करकट्टी गाउँ पालिका वडा नं ०१ (मैवाही) रोव स्थित घर संख्या २८ रहेको मुसहर जातीको समुदायका मुखिया महेन्द्र सदाय, मुखियालाई र सोहि गाउँपालिकाका लतियाही मधुवनी स्थित घर संख्या २५ रहेको मुसहर जातीको समुदायका मुखिया उत्तिमलाल सदाय, मुखियालाइ दुबै स्थानमा भाडा कुडा हस्तान्तरण गरेको छ।
हाल कम्पनीले १७ प्रकारका बीमा योजना बजारमा उपलव्ध गराएको छ।प्राइम लाइफले आफ्ना देशभरका विभिन्न १५५ भन्दा बढी स्थानहरुबाट जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ।