मेटलाइफ नेपालद्वारा उत्कृष्ट प्रतिनिधिहरु सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2022 | 05:20:02 PM मा प्रकाशित

laxmi  sunrise bank

मेटलाइफ नेपालले यस हप्ता आफ्नो शीर्ष एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गर्दै काठमाडौंमा वार्षिक अवार्ड नाइटको आयोजना गरेको छ । मेटलाइफ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलिना बुटारोवा लगायत मेटलाईफ एशिया वितरणका एजेन्सी उपाध्यक्ष मारवन मटारको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका उच्च अधिकारीहरुका साथै देश भरका योग्य एजेन्सी प्रबन्धकहरु, युनिट प्रबन्धकहरु र फिलड प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा गत वर्षका ३०० भन्दा बढी उत्कृष्ट प्रतिनिधिहरुको सहभागिता रहेको थियो र ९ विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो ।

सन २००३ देखि मेटलाइफले आफ्ना शीर्ष प्रतिनिधिहरुलाई सम्मानित गर्दै आएका छन, साथसाथै अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण तथा तालिम प्रदान गरी उनीहरुको बीमा क्षेत्रमा उज्ज्वल भविष्य सुनिस्चित गर्दै आएका छन ।

प्राविधिक विकास र डिजिटलाइजेशन प्रक्रियाहरूमा अनुकूलन गर्दै, मेटलाइफ नेपालले भर्खरैमात्र नेपालमा पहिलो पटक डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नको लागि मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट  सोलुसन ९ःब्च्क्० प्लेटफर्म सुरु गरेको छ।्र डिजिटल सेल्स सोलुसन, ग्राहक सेवा एप र अनलाइन प्रिमियम  भुक्तानी सेवाहरू पहिले नै सञ्चालन हुदै आएको छ र मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन ९ःब्च्क्० मार्फत एजेन्सी नेटवर्क बढाउने योजना रहेको छ ।

न प्राप्त गरेका कम्पनी ९ःभ्त्ीक्ष्ँभ्० का माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरुलाई अघि सहज रुपमा अघि बढ्न विभिन्न बीमा योजनाहरु, वार्षिक योजनाहरु, कर्मचारी लाभ योजनाहरु तथा सम्पत्ति व्यवस्थापन योजनाहरु प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरु मध्ये एक हो । सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी बजारहरुमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, यूरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved