
महालक्ष्मी लाईफ इन्स्योरेन्सले म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिकाको नारच्याङ्गमा यूवासँग महालक्ष्मी लाईफ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ। जागरण कार्यक्रममा श्रीजनशिल आमा समूहको अध्यक्ष नीरमाया पुन गुरुङले पिछडिएको पहाडी र हिमाली भेगमा हुने यस खालका कार्यक्रमले स्थानिय नागरिकले बीमा प्रतिको जानकारी र आकर्षण बढ्ने बताईन् ।
कम्पनिले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले ूयुवासँग महालक्ष्मी लाईफू कार्यक्रम २०७८ बाट संचालनमा ल्याएको हो । बीमा जागरण राष्ट्रिय अभियान अन्तरगतको यो कार्यक्रम गत चैत्र सम्ममा ८० भन्दा बढी स्कुल कलेज र स्थानीय स्तरमा संचालन भएको छ । कम्पनिले पहिलो चरणको बीमा जागरण कार्यक्रम धेरै प्रभावकारी भएकोले छिट्टै यस सम्बन्धी नयाँ कार्यक्रम लिएर आउन लागेको बताएको छ ।
उक्त कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा सम्बन्धी प्रशिक्षण पनि दिएको थियो ।