सूर्या लाइफ इन्स्योरेन्सको “एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा कार्यक्रम” सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2022 | 12:44:37 PM मा प्रकाशित

laxmi bank ntc

 सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी  प्र्रदेशमा “एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्पे्ररणा मुलक कार्यक्रम” एक भव्य समाहरोको आयोजना गरी करिब २०० भन्दा बढी आभिकर्ताहरु माझ सम्पन्न गरेकोछ । प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्का ज्यूको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको उत्साहजनक सहभगिता रहेको थियो ।

प्रदेश प्रमुख, किरण गौतम ज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनी ज्यूहरुले आफ्ना सफलताका शुत्रहरु अभिकर्ताहरु माझ साट्नुभएको थियो ।

सूर्या लाइफको “मेरो पहिलो पोलिसी” अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतज्यूले सम्मान गर्नुभयो । साथै उपस्थित अभिकर्ताहरुलाई उत्प्रेरणामुलक सन्देश तथा उपलब्धिमुलक प्रशिक्षण दिनु भयो । बीमितहरुको सेवालाई प्रथमिकतामा राखी अघि बढेमा कम्पनीको व्यवसाय अवश्य बृद्धि हुने भन्नु भयो । 

अभिकर्ताहरु नै कम्पनीको मेरुदण्ड भएको र उहाँहरु मार्फत नै आम जनतामा कम्पनीको सेवा तथा सुविधा पुर्याउन सहज भएको बताउनु भयो । समयको सही सदुपयोग, मेहनत र लगनशीलताका साथ अघि बढेमा सफलता सुनिश्चित रहेको जानकारी पनि गराउनु भयो । उक्त कार्यक्रमबाट अभिकर्ताहरुले नयाँ जोस, जाँगर र थप हौसला प्राप्त  गर्ने बिस्बास  गरेका थिए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved