महालक्ष्मी लाईफ इन्स्योरेन्सको साइन्स अफ सेल्स सम्बन्धी प्रशिक्षण सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2022 | 10:31:09 AM मा प्रकाशित

महालक्ष्मी लाईफ इन्स्योरेन्सले आषाढ ४ गते काठमाण्डौमा साइन्स अफ सेल्स सम्बन्धी एक दिने प्रशिक्षण  कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश अन्तर्गतका शाखा \उपशाखाको अभिकर्ताहरुलाई विक्रि कला सम्बन्धी प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा ३०० भन्दा बढी अभिकर्ता र एजेन्सी म्यानेजर, शाखा\उपशाखा प्रमुख तथा प्रधान कार्यालयका उच्च पदस्थ अधिकृतहरु  सहभागि थिए ।

 कार्यक्रममा लाईफ चेन्जर मोटिभेसनल प्रशिक्षक राजावाबु साहले जीवन बीमामा संभावित वीमितको पहिचान, उनीहहरुसँग गरिने व्यवहार, विक्रि कार्यलाई सफल कार्यान्वयन गर्ने बारेमा प्रशिक्षण दिएका थिए भने  कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सफल अभिकर्ता हुन र बीमा व्यवसाय प्रबर्द्धन गर्न चाल्नु पर्ने कदम बारेमा प्रशिक्षण गरेका थिए ।

 

 

 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved