महालक्ष्मी र प्रभु लाइफबीच मर्जरको चर्चाबारे के भन्छन् महालक्ष्मीका सीईओ भट्टराई ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2022 | 07:43:49 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिले बीमा कम्पनीलाई चुक्तापुंजी बढाउँनलाई निर्देशन दिएपछि इन्स्योरेन्स कम्पनीहरु भटाभट मर्जर तथा प्राप्तिमा जान थालेका छन्। यहि क्रममा बिभिन्न कम्पनीहरुबीच मर्जर तथा प्राप्तिको चर्चाले समेत बजार तताउन थालेको छ। 

युनियन, गुराँस र प्राइम लाइफले थालेको मर्जर तथा प्राप्ति प्रकृयाले निरन्तरता पाएको छ। यी कम्पनीहरुलाई पछ्याउदै  सुर्य र ज्योति लाइफले पनि एक आपसमा मर्जर तथा प्राप्तिको सम्झौता गरेका छन्। 

यसै क्रममा बजारमा महालक्ष्मी लाइफ र प्रभु लाइफबीच पनि मर्जर तथा प्राप्तिको चर्चा ब्यापक छ। प्रभु इन्स्योरेन्सले यहि असार २८ गते डाकेको  विशेष साधारणसभा मर्जरमा जानको लागि सम्झौता गर्ने बाटो खुलाउने प्रस्ताव पेश लैजादैछ। यस प्रस्तावले पनि धेरैले प्रभु अब कुन लाइफ इन्स्योरेन्ससँग मर्जर तथा प्राप्तिमा जान्छ भन्ने चाँसो बढाएको हो। 

यद्दपी बजारमा चर्चा भएझैं आफुहरुबीच मर्जर तथा प्राप्तिको प्रकृया अगाडी नबढेको तर छलफल भईरहेको महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले बिजपाटीलाई बताए। 

बीमा समितिले समयनै तोकेर चुक्तापुंजी वृद्धिको योजना ल्याएपछि मर्जर तथा प्राप्तिको छलफल हुनु सामान्य भएको बताउदै मर्जर तथा प्राप्तिका लागि अरु धेरै कम्पनीहरुसँग पनि छलफल जारी रहेको सीईओ भट्टराईले बताए। 

बजारमा महालक्ष्मी र प्रभुबीच मात्र नभई आइएमई लाइफ र रिलायबल लाइफ, एसियन र सन लाइफबीच पनि मर्जर तथा प्राप्तिको सम्झौता हुने चर्चा छ । 

बीमा समितिले २०७८ चैत १० गतेदेखि लागू हुनेगरि एक बर्षभित्र तोकिएको चुक्तापुंजी पुर्याउनलाई बीमा कम्पनीलाई निर्देशन दिएको हो। 

चैत १० गतेको वीमा समितिको संचालक समितिको बैठकले जीवन तथा निर्जीवन वीमा कम्पनीहरुलाई चुक्तापुंजी बढाउँन निर्देशन दिएको हो। जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब चुक्तापुंजी तोकिएको छ भने निर्जीवन बीमा कम्पनीहरुलाई साढे २ अर्ब चुक्तापुंजी तोकिएको छ। तोकिएको चुक्तापुंजी २०७९ चैत मसान्तसम्म पुर्याउनुपर्ने छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved