बीमा कम्पनी मर्जमा जाँदा कर्मचारीहरुको सेवा सुविधा र पद घटाउन नपाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2022 | 10:45:26 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा कम्पनीहरुको मर्जमा जाँदा कर्मचारीहरुको पद घटुवा गर्न नपाइने भएको छ। त्यस्तै उनीहरुले खाईपाई आएको तलब तथा सेवा सुविधा पनि घटाउन नपाइने भएको छ ।

बीमा समितिले बीमकहरु गाभ्ने, गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियालाई व्यवस्थित गर्न जारी गरेको परिपत्रमा थप संशोधन गर्दै यस्तो ब्यबस्था गरेको हो । जस अनुसार गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरुलाई गाभिएर कायम हुने बीमकमा निजहरुले साविकमा रहेको पद अनुसारको तह बा श्रेणी भन्दा कम नहुने गरी पदमिलान गर्नुपर्नेछ। त्यस्तै गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरुको गाभिएर कायम हुने बीमकका कर्मचारीलाई कुनै मर्का नपर्ने गरी र निजहरुले साविकमा खाईपाई आएको तलब, भत्ता तथा सुविधा भन्दा नघट्ने गरी व्यवस्था गर्नु पर्नेछ ।

गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरुको गाभिएर कायम हुने बीमकमा कार्यरत हुन इच्छुक नरहेका व्यवस्थापकीय तथा अन्य कर्मचारीहरुको हकमा उपयुक्त सुविधा सहितको स्वेच्छिक अवकाशको योजना बनाई लागु गर्नु पर्ने ब्यबस्था पनि समितिले गरेको छ।

त्यस्तै अब गाभ्ने गाभिनेमा कार्यमा संस्थाका सञ्चालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक उक्त समितिको सदस्य हुन पाएका छन् । यस अघि सञ्चालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक उक्त समितिको सदस्य हुन नपाइने ब्यबस्था थियो । 

बीमा समितिले बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved