हकप्रद निष्काशन गर्ने लाइफ इन्स्योरेन्स कर्पोरेशनको तयारी, एलआईसी इण्डियाले दियो स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2022 | 08:49:49 AM मा प्रकाशित

laxmi  sunrise bank

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले हकप्रद निष्काशनको तयारी गरेको छ । कम्पनीमा ५५ प्रतिशत लगानी रहेको भारतीय कम्पनी 'भारतीय जीवन बीमा निगम'ले हकप्रदको लागि रकम लगानी गर्ने निर्णय गरिसकेको छ ।

भारतीय जीवन बीमा निगमको गत सोमबार बसेको संचालक समितिको बैठकले नेपालमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडमा हकप्रदमा रुपमा १ अर्ब २७ करोड ७ लाख रुपैयाँ लगानी गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यो ८० करोड ६७ लाख भारु बराबर हो । यद्यपि यो रकम विनिमय दर अनुसार केहि तलमाथि पर्ने उल्लेख छ । 

भारतीय जीवन बीमा निगमले त्यहाँको स्टक एक्सचेन्जलाई जुलाई ४ मा बसेको संचालक समितिको बैठकको निर्णय जानकारी गराउदै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा हकप्रदमा रुपमा पुँजी थप्न लागेको उल्लेख गरेको हो । 

हाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रहेको छ । यस कम्पनीमा भारतीय जीवन बीमा निगम'को ५५ प्रतिशत लगानी रहेको छ।   भारतीय जीवन बीमा निगम'ले ले लगानी गर्न भनि स्वीकृति दिएको रकमको आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले ८७ देखि ८८ प्रतिशतसम्म हकप्रद निष्काशनको लागि तयारी गरेको देखिन्छ ।

यद्यपि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले नेपालको स्टक एक्सचेन्जलाई हकप्रदबारे हालसम्म केहि पनि जानकारी दिएको छैन। त्यस्तै कम्पनीले हकप्रद निष्काशन गर्ने भएमा बीमा समितिको स्वीकृति पनि चाहिन्छ ।

बीमा समितिले जीवन कम्पनीहरुले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्न नीतिगत ब्यबस्था गरेको छ । पुँजी बढाउँन कम्पनी हकप्रद निष्काशन गर्ने चर्चाले नेप्सेमा कम्पनीको शेयर मूल्य लगातार बृद्धि भईरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved